कालीगण्डकी साहित्य परिषद द्वारा स्रस्टाहरू सम्मानित

कालिका, ६ माघ ।
कालीगण्डकी साहित्य परिषद् चितवनले नेपाली साहित्यका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न स्रस्टालाई सम्मान गरेको छ । शुक्रबार खोलेसिमल बजारमा कार्यक्रम आयोजना गरि स्रस्टाहरू केदारनाथ खनाल, लकाश पौडेल, कपिल अज्ञात, पूर्णप्रसाद अधिकारी, गोकर्ण मल्ल, चिरञ्जीवी दाहाल र सामना पहाडलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रामबाबु घिमिरे र परिषद्का अध्यक्ष गणेश शर्मा पौडेलले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै स्रस्टा धनराज गिरीले सम्मानले स्रस्टालाई लेखन कर्ममा सक्रिय रहन सहयोगी भूमिका खेल्ने बताए । `सम्मानले स्रस्टालाई हौसला दिन्छ, लेखनमा लागिरहन प्रेरणा मिल्छ´, गिरीले भने – `साहित्यिक कार्यक्रमले स्रस्टालाई एकै ठाउँमा उभ्याउन, सम्बन्ध नवीकरण गर्न र सम्बन्ध जोगाइराख्न मद्धत मिल्छ ।´ कार्यक्रममा विभिन्न स्रस्टाले रचना वाचन गरेका थिए । स्रस्टाहरू केशवराज आमोदी, जगन्नाथ पण्डित, श्यामजी अतिथि, रुविन पौडेल, लेखराम सापकोटा, रामलाल कुमाल, गंगा कोइरालालगायतले कविता, गजल सुनाएका थिए । कार्यक्रमलाई अनिता अर्यालले सहजीकरण गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker