सञ्चारकर्मी बिना श्रेष्ठ ‘नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९’ मा सम्मानित

काठमाडौं। दोस्रो नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९ मा सञ्चारकर्मी बिना श्रेष्ठ सम्मानित भएकी छिन् । शुक्रबार चलचित्र विकास बोर्डमा भएको दोस्रो नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९ सञ्चारकर्मी बिना श्रेष्ठ सम्मानित गरिएको हो ।

दोस्रो नेपाल ब्यूटिसियन एण्ड फेसन अवार्ड २०७९ मा विगत लामो समयदेखि पत्रकारिताकाे माध्यमबाट नेपाली कला, साहित्य र मनाेरञ्जनकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै संचारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सञ्चारकर्मी बिना श्रेष्ठलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सम्मानित संचारकर्मी श्रेष्ठ विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । श्रेष्ठ टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता र एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर पनि हुनुहुन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker