वर्षकै उत्कृष्ट सौन्दर्य सामाग्रीको अवार्ड एन प्लस प्रोफेसनलालाई

काठमाडौं। भारतको प्रख्यात सौन्दर्य सामग्री उत्पादक कम्पनी नन्दनी हर्बल केयरको उत्पादन एन प्लस प्रोफेशनल बर्षको उत्कृष्ट सौन्दर्य सामग्रीको रुपमा घोषणा भएको छ ।

शुक्रबार चलचित्र विकास बोर्डमा भएको दोस्रो नेपाल ब्युटिशियन एण्ड फेसन अवार्ड २०७९ मा एन प्लस प्रोफेशनललाई यस बर्षकै उत्कृष्ट सौन्दर्य सामग्रीको अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संस्थालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । एन प्लस प्रोफेशनलले नेपालमा विगत एक बर्ष देखि आफ्ना उत्पादनहरु बिक्रि वितरण गर्दै आइरहेको छ । यो उत्पादनले छोटो समयमा नै नेपालमा आफ्नो राम्रो बजार जमाएको छ ।

अवार्ड लिनका लागि कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्बानी नेपाल आउनुभएको हो । अवार्ड लिइसकेपछि बोल्दै उहाले आगामी दिनमा पनि यो माया र साथ बढ्दै जावस भन्दै अहिले सम्मको मायाको लागि सबैलाई धन्यवाद दिनुभयो । एन प्लस प्रोफेशनलका ब्राण्ड एम्बास्टर टिभि टुडे टेलिभिजनका प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ हुनुहुन्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker