रत्ननगर रेडक्रसको सभापतिमा श्रेष्ठ निर्विरोध निर्वाचित

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरको सभापतिमा दोस्रो कार्यकालका लागि गोविन्द श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उपशाखाको २५औं साधारण सभा तथा सातौं अधिवेशनले श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको हो । सभापति पदका प्रत्यासी रामचन्द्र पौडेल र महेशप्रसाद रौनियारले उम्मेदवार फिर्ता दिएपछि श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन । उपसभापतिमा अनु गौतम, सचिवमा युवराज आचार्य, उपसचिवमा हुतराज पन्त, कोषाध्यक्षमा चन्द्रकान्त ओझा, उपकोषाध्यक्षमा बलभद्र घिमिरे र महिला सदस्यमा सविता आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिएका छन् ।

खुल्ला सदस्यमा भने सहमति हुन सकेन । चार जना खुल्ला सदस्यको लागि ९ जनाको उम्मेदवारी परेको थियो । खुल्ला सदस्यका लागि प्रकाशमान श्रेष्ठ, अनन्तराज पौडेल, अमृत अधिकारी, श्यामभक्त उपाध्याय, गंगा सुवेदी, कमलबहादुर घिमिरे, विमला विक, मित्रेश्वर शर्मा र मीना पौडेलको उमेदवारी दिएका थिए ।

पूर्व अध्यक्ष समेत रहेका मित्रेश्वर शर्माले भने उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले माघ १० गते सम्म सहमतिको लागि समय निर्धारण गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

निर्वाचनको मिति तोकिएको दिन बिहीवार दलीय भागबण्डाका आधारमा नेतृत्व सहित पदाधिकारी सर्वसम्मत गराइएको भएपनि खुल्ला सदस्यको लागि माघ १४ गते निर्वाचन हुने अधिकृत न्यौपानेले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker