विश्वशान्तिको लागि महायज्ञ, नेपालदानवको पञ्जाबाट मुक्तहोस् ः विक्रम पाण्डे

चितवन ।शहरीविकास मन्त्रीएवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकावरिष्ठ उपाध्यक्षविक्रम पाण्डेलेहिन्दुको लागिमात्रनभएरविश्वशान्तिको लागि महायज्ञ आयोजनाभएको विश्वास व्यक्त गरेका छन् । नारायणी नदीकिनारमाबिहीबारदेखि सुरु भएको एक महिने साङ्ग–बिराट्–श्रीगायत्रीकोटिहोम ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममाबोल्दै मन्त्री पाण्डेले यस्तो बताएकाहुन् ।
नेपालऋषिमुनिले तपस्या गरेको तपोभूमिभएकाले पूर्ववत रुपमाशान्तिचाहेकोबताए ।‘नेपालऋषिमुनिले तपस्या गरेको तपोभूमिहो । यो भूमिपूर्ववत रुपमाशान्तिहोस् । सुव्यवस्थितहोस् र दानवहरुको पञ्जाबाट मुक्तहोस् भन्ने मैले भगवानसँगपुकार गरेको छु’, उनले भने ।
श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्तआयोजनामा महायज्ञ सुरु भएको हो । महायज्ञका प्रमुखवाचक परशुराम पाण्डेयले नारायणी किनारमाहुँदै आएको आरतीलाई निरन्तरतादिन महायज्ञ आयोजनागरिएको बताए । फागुन १२ गते सकिने महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवनगर्ने उनको भनाइ छ ।
महायज्ञका वरिष्ठ सल्लाहकार टंकनाथ पौडेलले नेपालमा २०५७ सालपछि कोटिहोम यज्ञ हुनलागेको बताए । त्यस्तै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न जनमत संग्रहगर्नुपर्ने धारणा राखे । हिन्दु राष्ट्रको लागि पिठाधिसले नै आन्दोलनको नेतृत्वलिनुपर्ने उनको तर्क थियो । महायज्ञमा कोटिहोम यज्ञ पनिबिहीबार साँझबाट नै सुरु भएको छ । महायज्ञको उद्घाटनअघि विभिन्न टोलिविकास संस्था र आमा समूहले कलशयात्रानिकालेकाथिए ।
महायज्ञ सम्पन्नगर्न साढे दुई करोड रुपैयाँखर्च हुने अनुमानगरिएको महायज्ञ संयोजकएवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्काअध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । यज्ञगर्न दैनिककरिब सात क्विन्टल चरु आवश्यक पर्ने उनको भनाइ छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker