किरण र जगदिसलाई व्याडमिन्टनको उपाधि,प्रकाश र प्रितिले उफारे दर्शक

माघ १३ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा आयोजित जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगितामा किरण लामा र जगदिश अधिकारीको जोडी प्रथम भएको छ । महोत्सव परिसरमा भएको फाईनल खेलमा लामा र अधिकारीको जोडीले सन्देश वस्नेत र प्रदिप सुवेदीको जोडीलाई पराजीत गरेको हो ।
प्रथम भएको लामा र अधिकारीको जोडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्यो भने द्धितिय भएको वस्नेत र सुवेदीको जोडीले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । तृतिय स्थानमा रहेको मिलन जिम्मा र अमन थिंङ तथा आयुस गुरुङ र छिरिङ लामाको जोडीले नगद पाँच,पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
महोत्सवको दशौं दिन शुक्रवार गायक प्रकाश सपुत र गायिका प्रिति आलेको साँगेतिक प्रस्तुतीले उपस्थित हजारौं दर्शकले मनोरञ्जन लिए । उनीहरुले एकल तथा दोहोरी व्याटल प्रस्तुत गरेका थिए । महोत्सवको एघारौं दिन ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए ।
शुक्रवार करिव ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकले जनाएको छ । उद्योण बाणिज्य संघ खैरहनी र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको सयुक्त आयोजनामा माघ ४ गते सुरु भएको महोत्सव १५ गते सम्म संचालन हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker