नारी जागरण केन्द्रको नयाँ समिति : अध्यक्षमा खनाल,महासचिवमा लामा

रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको अध्यक्षमा विमला सुवेदी खनाल चयन भएकी छन् । शनिबार सम्पन्न २५औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विष्णुकुमारी आचार्य, महासचिवमा सरस्वती लामा, सचिवमा सरस्वती दुवाडी, कोषाध्यक्षमा विभा डल्लाकोटी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा निर्मला खड्का, कविता अधिकारी, सरस्वती सुवेदी, राधिका रिजाल,लीला तामाङ, शोभा शर्मा, माया तामाङ र संगिता खनाल चयन भएको निर्वाचन अधिकृत कृष्णप्रसाद डोटेलले जानकारी दिए । वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा १०५ बर्षीय मैनाकुमारी रानामगरलाई सम्मान गरिएको थियो ।

केन्द्रकी अध्यक्ष सपना बोहराको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाकी निर्वतमान उपमेयर विमला दुवाडी,केन्द्रकी पूर्व अध्यक्ष ज्वाला
पुरी वन,सामाजिक उद्यमी महिला सञ्जाल नेपालकी अध्यक्ष पार्वती न्यौपाने, वडा सदस्य देवी सुनार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महासचिव विष्णुकुमारी आचार्यले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विभा डल्लाकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिबार संस्थाको कार्यालयमा बसेको कार्यसमितिको पहिलो बैठकले छोरी शिक्षा कार्यक्रम घोषणा गरी त्यसका लागि नारी नागरण अक्षय कोष समेत निर्माण गरेको छ ।
एक बर्ष भित्र ५ लाख पु¥याउने लक्ष्य रहेको अक्षयकोषमा शनिवार ५५ हजार संकलन भएको महासचिव सरस्वती लामाले जानकारी दिइन । अक्षयकोषमा विमला दुवाडीले २६ हजार १२६, विमला सुवेदी खनालले २५ हजार, ज्वाला पुरी वनले १५ हजार ५५५, पार्वती न्यौपानेले १० हजार १५५, सपना बोहराले १० हजार, विष्णुकुमारी आचार्यले १० हजार, सरस्वती दुवाडीले ५ हजार ५५५, लक्ष्मी तामाङले ५ हजार ५५५, निर्मला कुमारी खड्काले ५ हजार ५५५ रुपैपा प्रदान गरेका छन् । अक्षयकोषको रकमको व्याजबाट प्राप्त रकमले बार्षिक रुपमा कम्तिमा ५ जना विपन्न समुदायका छोरीहरुलाई छात्राबृत्ती वितरण गरिने नबनिर्वाचित अध्यक्ष खनालले जानकारी दिइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker