सकियो खैरहनी महोत्सव,अपेक्षाकृत रहेको आयोजकको दावी

माघ १५ गते । चितवनको खैरहनीमा माघको पहिलो साता सुरु भएको प्रादेशिक महोत्सव आईतवार समापन गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा माघ ४ गतेदेखी महोत्सव सुरु भएको थियो । बागमती प्रदेशका कृषि मन्त्री केशव पोखरेलको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको हो ।

समापन समारोहमा वोल्दै मन्त्री पोखरेलले कोभिड पछि व्यापार ,व्यवसायमा असर गरेकोमा यस्ता महोत्सवले आर्थिक गतिविधीलाई चलायमान वनाउने वताए । महोत्सवमा कृषि,पर्यटन र उद्योगलाई लक्षित गरिएको थियो । मन्त्री पोखरेलले बागमती प्रदेश सरकारले पनि कृषि र पर्यटनलाई प्राथमिकता दिने वताए ।
महोत्सव समापनमा वोल्दै आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव संयोजक दिपेन श्रेष्ठले एकै समयमा जिल्लामा तीन वटा महोत्सव संचालन भएपनि यो महोत्सव अपेक्षाकृत भएको वताए । विषम परिस्थितिमा महोत्सव हुनु चुनौतीपूर्ण थियो,संयोजक श्रेष्ठले भने – सन्तोषजनक रुपमा सक्यौं,त्यो ठुलो उपलव्धी हो ।

महोत्सव समापन समारोहमा प्रदेश साँसद गीता गुरुङ,खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियाँ,नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ,चितवन उद्योग बाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ,खैरहनी ४ का वडाध्यक्ष वेदवहादुर अधिकारी,नेपाली काग्रेश खैरहनी नगर समिति उपसभापति विक्रम पंजियार,नेकपा एमाले नगर सचिव गोपाल परियार,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष रामेश्वर पोखरेल लगायतले मन्तव्य राख्दै यस महोत्सवले स्थानीय पहिचान र आर्थिक गतिविधीमा टेवा पुगेको वताए । महोत्सवका अवसरमा आयोजित वक्कृत्वकला,चित्रकला,व्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker