सौराहामा फुड फेष्टिबलको तयारी सुरु, जिल्ला प्रशासनबाट अनुमति

चितवनको पर्यटकीय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिबलको तयारी सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले प्रणय दिबसको अबसरमा हरेक बर्ष फेष्टिबल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ गते देखि फागुन दुई गते सम्म सञ्चालन हुने छ । फेष्टिवललाई भब्य बनाउन आयोजक रेवान सौराहाले तयारीको काम सुरु गरेको हो ।

अन्य तयारीका कामसंगै फेष्टिबल सञ्चालनको लागि मंगलवार जिल्ला प्रशासन कार्यालयल भरतपुरबाट अनुमति समेत प्रदान गरिएको छ । भर्खरै जिल्ला प्रशासन कार्यालय भरतपुरमा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै रेवान सौराहाका व्यवसायीहरुले फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेको फेष्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए । व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई फेष्टिवलको महत्व बुझाउदै चितवनको पर्यटन विकासमा पार्ने प्रभावका बारेमा समेत जानकारी गराएका थिए ।

रेवानका अध्यक्ष नरेश गिरीको नेतृत्वमा फेष्टिबलका संयोजक ध्रुव गिरी,रेवानका पूर्व अध्यक्षहरु सुवासचन्द्र गौतम, राजन भट्ट,गोकर्ण गिरी,उपाध्यक्ष कपिल पोखरेल, महासचिव सुर्यबहादुर रिमाल,सदस्य कुमार जोशी लगायतका व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेरै प्रमुख जिल्ला अधिकारीलाई स्वागत, फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेका हुन ।

फेष्टिवल आउन करिब १० दिन बाँकी रहदा व्यवसायीहरुले सौराहालाई सजिसजाउ बनाउन सुरु गरिसकेका छन् । प्रणय दिवस मनाउन चाहने विवाहित तथा प्रेममा बाधिएका जोडीलाई उपयुक्त वाताबरण बनाउदै पर्यटन विकास गर्ने उद्देश्यका साथ फेष्टिवल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले बताए । सडकमै खाने र सडकमै रमाउने वाताबरण बनाउदै छौं फेष्टिवलका संयोजक धु्रव गिरीले भने हात्तीचोक देखि गैंडाचोक हुँदै बगर सम्म र मल्लुचोकबाट गैँडाचोक सम्मको क्षेत्रमा पर्यटकलाई सडकमै रमाउन सक्ने गरी तयारी गरिएको उनको भनाई छ । फेष्टिबलले सौराहाको पर्यटन विकाससंगै यहाँका मौलिक संस्कृति र परम्परागत खानको समेत प्रर्बधन गर्ने रेवानका महासचिव सुर्यबहादुर रिमालले बताए

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker