भरतपुर महानगरका सम्पूर्ण वडाहरुमा मेलमिलापको स्थलगत अनुगमन कार्य सुरु

आशिष अधिकारी
भरतपुर १९ सोमबार

भरतपुर महानगरपालिकाले (आज) सोमबारबाट २९ बटै वडामा मेलमिलाप सम्बन्धी स्थलगत अनुगमन कार्य शुरु गरेको छ ।
समाजमा हुने गरेका हरेक घटनाहरुलाइ मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण गर्नु पर्ने भएकोले उक्त स्थलगत अनुगमन कार्य शुरु गरेको भरतपुर महानगरपालिकाले जनाएको छ ।

भरतपुर महानगरका उप प्रमुख तथा न्यायीक समिति सयोजक चित्रसेन अधिकारीको नेतृत्वमा न्यायीक समितिका सदस्यहरु, कानुनी सल्लाहकार, मेलमिलाप सयोजक र कानुनी मामिला शाखाका सदस्यहरुको उपस्थितिमा आज वडा न १,२,३ र ४ मा पुगि ति वडाहरुमा भएका मेलमिलाप सम्बन्धिका कार्यहरुको बारेमा स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा आ आफ्नो वडामा रहेको जनताको घरदैलो सरकारलाई निश्पक्ष, पारदर्शी, जनतामुखी र सेवा प्रबाहमा चुस्त दुरुस्त बनाउन पनि वडा सचिबहरुलाइ उप प्रमुखले निर्देशन दिनु भयो ।

वडाहरुबाट अब छिट्टै नै महानगरले तोकेको ढाचामा मेलमिलापकर्ताहरुको विवरण आउछ उप प्रमुखले भन्नू भयो, अब प्रत्येक वडा वडामा मेलमिलाप समिति बन्छ र वडा तहबाट हुने न्यायीक मेलमिलाप सम्बन्धि नागरिकका काम सम्पन्न हुने छन ।

अनुगमनका क्रममा मेलमिलाप पद्धतिबाट न्यायीक निरोपण कार्यको स्थलगत अनुगमन तथा मेलमिलाप कर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्याबधिक पनि गरिएको छ ।

महानगरले सबै वडाहरुलाइ मसिर २५ गते सम्म मेलमिलापकर्ता चयन गरि महानगरको न्यायीक समितिमा ल्याउन अनुरोध गरिसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker