चितवनको मनै लोभ्याउने रिसोर्ट लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट

चितवन। चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । चितवनमा पर्यटकलाई आकर्षण गर्ने दर्जनौं पर्यटकीय स्थलहरु छन् । पर्यटन प्रवर्द्धनका लागि यहाँ धेरै रिसोर्ट तथा रेष्टुराँहरू पनि खुलेका छन् । ति रिसोर्ट तथा रेष्टुराँहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । यही मध्येको एक हो लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट । भरतपुर महानगरपालिका ६ देवनगर र भरतपुर महानगरपालिका १३ चम्पानगरस्थित रहेको लेक ट्वान्टी चितवनको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ ।

चौबिसकोठीबाट दक्षिणतर्फ करिब १० किलोमिटर भित्र रहेको उक्त रिसोर्ट पर्यटकीय स्थल बिसहजारी तालको नामबाट नामाकरण गरिएको हो । बिश्व प्रसिद्ध सिमसार क्षेत्रमा रहेको बिसहजारी ताल नजिकै रमणीय ठाउँमा भएका कारण पनि उक्त रिसोर्ट पर्यटकको केन्द्र बनेको हो ।

२२ विघा क्षेत्रफलमा फैलिएको रिसोर्टको १२ विघामा भौतिक संरचना निर्माण गरिएको छ । १० विघामा फार्म सञ्चालन गरिएको छ । रिसोर्टले आफ्नै फर्ममा उत्पादित अर्गानिक परिकारहरु आफ्ना पाहुनालाई पस्कने गरेको छ । फर्ममा रिसोर्टलाई चाहिने धान, गहुँ, मकै, फलफुल, तरकारीलगायतका खाद्यबस्तुहरु उत्पादन हुन्छन् । यस्तै माछापालन, बाख्रा, कुखुरा, हाँसपालन पनि गरिएको छ । रिसोर्टमा आवश्यक ८० प्रतिशत खाद्य वस्तु आफ्नै कृषि फर्ममा उत्पादन हुने सञ्चालक देवेन लोहनी बताउँछन् ।

रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारिवारिक जमघट तथा सांगितिक कार्यक्रमहरु हुने गर्दछन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ । समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र सँस्कृति अनुसारका कार्यक्रम हुने लोहनी बताउँछन् ।

रिसोर्टमा पाँचवटा पोखरी र चरा चुरुङ्गीका लागि अनुकुल वातावरण छ । विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरिलो आवाजमा प्राकृतिक आनन्द लिन सकिने लोहनी बताउँछन् । परम्परागत मुल्य र मान्यता झल्किने वस्तुहरुले रिसोर्टलाई झनै सुनमा सुगन्ध थप्ने काम गरेको छ । अहिले लोप हुँदै गएको परम्परागत ढिकी, जाँतो, माना, पाथि, काठका ठेकी, आरीलगायतका बस्तुको अवलोकनले जो–कोहीलाई आकर्षित गर्दछ ।

रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल तथा योगा र ध्यानका लागि ८० जना सम्मको क्षमताको छुट्टै योगा हल रहेको छ । कोभिडका कारण लामो समयसम्म बन्द रहेको उक्त रिसोर्ट सञ्चालनमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको आवागमन पनि बढ्दै गएको सञ्चालक लोहनी सुनाउँछन् ।

रमणिय, शान्त र पारिवार वातावरणका कारण नै फोटो खिच्नकै लागि पनि धेरै पर्यटकहरु आउने गरेको उनी बताउँछन् । ‘कोभिडका कारण लामो समय बन्द रहे पनि खुलेसँगै पर्यटकको आवागमन बढेको छ, उनी भन्छन्, प्राकृतिक, रमणिय र शान्त वातावरणमा रहेको फोटोग्राफीको लागि मात्रै भएपनि आन्तरिक पर्यटकहरु आकर्षण बढेको छ ।’

लोहनीले नौ वर्ष अघि हवेलीस्थित आफ्नै निवासमा लेक ट्वेन्टी थाउजेन्ड रिट्रीट निर्माण गरेका थिए । लोहनीका बाबु डा.शिव लोहनी कृषि विषेशज्ञ हुन् । उनी अमेरीकामा कृषि वैज्ञानिक थिए । देवेनले भारतबाट एग्रीकल्चर र अमेरीकाबाट मार्केटिङमा स्नातकोत्तर गरेका छन् । बाबु कृषि विज्ञ भएका कारण लोहनीले कृषि फार्म खोल्ने सोच बनाए । रिसोर्टमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ४५ जना युवाहरुले रोजगारी पाएका छन् । लोहनीले चितवनलाई पर्यटकीय र कृर्षि क्षेत्रमा चिनाउन रिसोर्टले महत्त्वपूर्ण भूमिका खेलिरहेको दाबी गर्छन् ।

स्विमिङ पुल
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा स्विमिङ पुल निर्माण गरिएको छ । पाँच कठ्ठा क्षेत्रफलमा ओलम्पिक मापदण्ड अनुसार स्विमिङ पुल निर्माण गरएको हो ।

पुलको लम्बाई २५ मिटर, चौडाई १८ मिटर र गहिराई ३ देखि ५ फुटसम्म छ । त्यस्तै स-सना बालबालिकाहरुका लागि २ देखि ३ फुटको वेवी पुल र लेजी पुल छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker