रत्ननगरमा प्रमुख जिल्ला अधिकारी पौडेललाई स्वागत

रत्ननगर, माघ २२ ।
चितवनमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई आइतवार रत्ननगरका व्यवसायीहरुले स्वागत गरेका छन् ।
रत्ननगर उद्योग बाणिज्य संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रजिअ पौडेललाई स्वागत गर्दै व्यवसायिक सुरक्षाको विषयमा ध्यानकर्षण समेत गराएका हुन । संघका कार्यबहाक अध्यक्ष शंकर गिरीले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेका हुन ।

चितवन जिल्लाको पहिचानको रुपमा रहेको पोल्ट्री, माछा, तरकारी, मह, केरा, दुग्ध लगायतका खाद्यान्नबालीको प्रवद्र्धन र सम्वद्र्धनका लागि भारतबाट अबैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहित गर्नका लागि पहल गर्ने आग्रह गरेका छन् ।

व्यवसायीहरुले मुल्यबृद्धि नियन्त्रण, व्याजदर, स्थानीय उत्पादनको बजारीकरण र मुल्य निर्धारण, अबैध रुपमा सञ्चालनमा रहेका व्यवसायीको नियन्त्रण, जथाभावी सफारी चेकजाच लगायतको विषयमा ध्यानर्कषण गराइएको संघका कार्यबहादक अध्यक्ष गिरीले जानकारी दिए ।

बैंकले लिने व्याजदर अनियन्त्रित हुँदा व्यवासायी पलायन हुने अबस्था आएको भन्दै उनले यसको नियन्त्रण गर्ने तर्फ प्रशासन कार्यालय चनाखो हुनुपर्ने बताए । व्यवसायिक सुरक्षाका पाटोहरुलाई राज्यले ध्यान दिन आवश्यक रहेको उनले बताए ।

संघका कार्यबहाक अध्यक्ष गिरीले आगामी बर्ष हुने रत्ननगर महोत्सवको उद्देश्य, तयारी र सुरक्षाका विषयमा समेत छलफल भएको जानकारी दिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष हरिशरण पाठकले व्यवसायिक सुरक्षाका विषयमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेले निजी क्षेत्रसंग सहकार्य गरी अवैध रुपमा भित्रिने सामाग्रीहरुको नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।
संघका उपाध्यक्ष रघुनाथ भट्टले धन्यवाद मन्तव्य राखेको कार्यक्रम महासचिव निराजन खनालले सञ्चालन गरेका थिए ।
कार्यक्रम संघका कार्यबहाक अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker