गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत

रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गरेको छ ।

मन्दिर परिसरमा आयोजित कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा तल्लीन हुने प्रमुख जिल्ला अधिकारीलाई धर्मका विषयमा जानकारी गराइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज शर्मा पौडेल,धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरी, गुरुकुलमका अध्यक्ष सोमप्रसाद भट्टले प्रमुख जिल्ला अधिकारी पौडेललाई स्वागत गरेका थिए ।

गायत्री हरिहर मन्दिरमा निर्माण भइरहेको धर्मशालाको विषयमा प्रजिअ पौडेललाई जानकारी गराउदै धार्मिक पर्यटनको विकासका विषयमा जानकारी गराइएको निर्माण समितिका संयोजक गिरीले बताए । प्रमुख जिल्ला अधिकारी पौडेल पनि धार्मिक व्यक्ति हुनुहुदो रहेछ संयोजक गिरीले भने उहाँलाई धर्मशाला निर्माण र धर्म संरक्षणको विषयमा जानकारी गराएका छौं ।

धर्ममाथीको हस्तक्षेपका कारण सनातन हिन्दुधर्म संकटमा परेकाले धर्मालम्बी र राज्यको सहकार्यमा सनातन हिन्दुधर्म संरक्षण अभियान चलाउने विषयमा समेत छलफल भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker