कालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

कालिका । चितवनको कालिकामा आइतबार देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मेयर विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

उनले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा राख्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए । उनले शिक्षा र खेलकुदको माध्यमबाट दुव्यसनमुक्त नगर बनाउने बताए । प्रतियोगितामा संस्थागत र सामुदायिक गरी १२ वटा विद्यालयका ६०३ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगिता प्रतियोगिताको भलिबल, दौड तर्फ ८०० मिटर दौड, हलाइजम्प, २०० मिटर दौड, १०० मिटर दौड, जेभलिन थ्रो, छात्र, छात्रा रिले, भलिबल, कबड्डी, दौड, लङजम्प, त्रिपलजम्प, सटपुट लगायतका खेल हुने छन् ।

उद्घाटन कार्यक्रममा उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्याय, वडाध्यक्ष दीपक भट्टराई, कालिका प्याब्सनका अध्यक्ष चित्रबहादुर रायमाझी लगायतले मन्तव्य राखेका थिए । सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियागिता तीन दिन सम्म सञ्चालन हुने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker