पूर्वी चितवन वितरण संघ गठन बद्रिप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

रत्ननगर । पूर्वी चितवन वितरण संघ गठन भएको छ । सोमबार रत्ननगरमा सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले बद्रिप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विक्रम खड्का,महासचिवमा सुर्यप्रकास रेग्मी,सचिवमा टंकप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मनिस अधिकारी तथा सदस्यहरुमा विष्णु श्रेष्ठ,आशिष लामिछाने, गणेश लामिछाने, सन्तोष पुरी, सन्देश विष्ट, नगेन्द्र सेढाई, रामहरि ढकाल र इश्वरराज विष्ट चयन भएको निर्वाचन अधिकृत उमेश गिरीले जानकारी दिए ।

निर्विरोध निर्बाचित समितिलाई सोमबार नै निर्वाचन अधिकृत गिरीले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । एक महिना अघि तदर्थ समिति गठन गरिएको संघको सोमबार अधिवेशन गरी कार्यसमिति चयन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गाप्रसाद गौतमले व्यवसायिक हितका लागि संघको गरिमा जागाउनु पर्ने बताए ।

व्यवसायीहरुको लगाब कम हुँदा संघको गरिमामा आँच आएको भन्दै उनले व्यवसायिक सुरक्षाको लागि एकजुट हुनुपर्ने अबस्था आएको बताए । संघका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा चितवन वितरक संघका निर्वतमान अध्यक्ष रवि श्रेष्ठ, पूर्व सचिव उमेश गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उपाध्यक्ष विक्रम खड्काले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker