तीन वटा जिल्लामा निशुल्क ४८१ जनाको आंखाको शल्यक्रिया

४८१ जनाको आंखाको शल्यक्रिया
माघ रत्ननगर ९ मा रहेको सपोर्ट एन केयर पुर्नस्थापना केन्द्रले देशका विभिन्न तीन वटा जिल्लामा निशुल्क आँखा उपचार तथा चस्मा बितरण र निशुल्क शल्यक्रिया शिविर गरेको छ । भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा चितवन,स्याङ्जा र तनहुँमा शिविर आयोजना गरेको हो । आईक्याम्प फोर चितवन २०७९ शिविरबाट पाँच हजार ४९९ जना लाभान्वित भएका छन् ।

जस मध्य चार सय ८१ जनाको शल्यक्रिया गरिएको छ । त्यस्तै तीन हजार ३०८ जनालाई चस्मा बितरण गरिएको छ । मंगलबार आयोजित शिविर समापनका अवसरमा सो संख्यामा मानिसहरु लाभान्वित भएको जानकारी गराईएको हो । केन्द्रले चितवनको इच्छाकामना गाउँपालिका,तनहुँको भानु नगरपालिका र स्याङ्जाको हरिनास गाउँपालिकामा शिविर संचालन गरेको थियो । इच्छाकामना गाउँपालिकामा दुई हजार १०५ जना,भानु नगरपालिकामा दुई हजार १ जना र हरिनास गाउँपालिकामा एक हजार ३९३ जना लाभान्वित भएका छन् ।

सपोट एन केयर पुर्नस्थापना केन्द्रका परामर्शदाता प्रकाश शाहले केन्द्रले बिगत पाँच बर्ष देखि देशका बिकट ठाउँहरुमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए । केन्द्रका अध्यक्ष राजबन्धु गौतमको अध्यक्षता तथा नेत्र ज्योति संघका केन्द्रिय सदस्य चिजकुमार मास्केको प्रमुख आतिथ्यतामा रत्ननगरमा भएको समापन कार्यक्रममा भरतपुर आँखा अस्पतालका अध्यक्ष कृष्ण राज धरेल,डाक्टर संगिता शर्मा भण्डारि लगायतको उपस्थिति रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker