व्यवसाय सफलताबारे व्यवसायी र विद्यार्थी बीच सवालजवाफ

रत्ननगर । भरतपुरमा रहेको अंकुरम एकाडेमीका विद्यार्थीहरुले चितवनका स्थापीत व्यवसायी विनोद पोखरेलसंग व्यवसाय प्रर्बद्धनका विषयमा अन्तरक्रिया गरेका छन् । इन्ट्रयाक्ट क्लव अफ अंकुरम एकाडेमीले आयोजना गरेको क्रियटिभ विजनेश टक कार्यक्रममा व्यवसायिक सफताको विषयमा अन्तर्गक्रिया गरिएको हो । दाउन्ने कर्पोरेटका कार्यकारी निर्देशक पोखरेलसंग विद्यार्थीहरुले लगानीको सुरक्षा,व्यवसायिक सुरक्षा,सफलताको अन्तरकथाको विषयमा जिज्ञासा राखेका हुन । कार्यक्रममा विद्यार्थीहरुले व्यवसायी पोखरेलसंग व्यवसाय सफल हुन चाहिने आधारभूत विषयलाई प्राथमिकतामा राखेर विषय उठान गरेका थिए ।

विद्यार्थीको जिज्ञासामा जवाफ दिँदै व्यवसायी पोखरेलले २८ बर्ष अघि सुरु गरेको पोल्ट्री व्यवसायप्रति आफु सन्तुष्ट रहेको बताएका थिए । २० लाख लगानी गरेर सुरु गरेको पोल्ट्री र सो संग सम्बन्धित प्रा.लिमा अहिले सम्म ३०० करोड लगानी भइसकेको जानकारी दिए । दृढ इच्छाशक्तिका साथ काम गर्ने हो भने पैसा कमाउन विदेश जान नपर्ने भन्दै व्यवसायी पोखरेलले परिवार,समाज,लगानीकर्ता र कर्मचारीको साथले व्यवसायले सफलता प्राप्त गर्न सक्ने बताए । कार्यक्रममा विद्यार्थीहरुले व्यवसाय सफल हुनुको कारण र प्रतिफलको विषयमा समेत जिज्ञासा राखेका थिए । व्यवसायी पोखरेलले पढाई सकेपछि पैसा कमाउन विदेशको बाटो रोज्नु गलत भएको बताए ।

नेपालको हावामा पनि पैसा छ उनले भने पैसा देख्न सक्ने क्षमता आफुमा हुनुपर्छ । इन्ट्रयाक्ट क्लव अफ अंकुरम एकाडेमीका अध्यक्ष असिम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रज्वल खनालले स्वागत मन्तव्य तथा क्लवकी सदस्य कृतिका तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker