प्याब्सन चितवन द्धारा चार छुट्टा छुट्टै जिल्ला स्तरीय प्रतियोगिता

रत्ननगर । प्याब्सन चितवनको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मंगलवार चार छुट्टा छुट्टै जिल्ला स्तरीय प्रतियोगिता भएका छन् । प्याब्सन चितवनको आयोजनामा दौड, निबन्ध लेखन, हाजिरीजवाफ र बुद्धिचाल प्रतियोगिता गरिएको प्याब्सन चितवनका सचिव मदन पुरीले जानकारी दिए । टिकौलीचौरमा आयोजना गरिएको दौड प्रतियोगिता अन्तर्गत २०० मिटर दौड तर्फ नेशनल सेकेण्डरी स्कुलका छात्र विपिन बम्जन प्रथम, पञ्चकन्या विद्या मन्दिर रत्ननगरका विशेष लोप्चन द्धितीय र एजल्र्स वाल्र्ड आमाविका छात्र राहुल कुमार मुखिया तृतीय भएका छन् ।

१०० मिटर दौड तर्फ मिलन इङ्लीस स्कुल भरतपुरकी छात्रा रोजिना गुरुङ प्रथम, नेपाल आर्दश खैरहनीकी छात्रा विसीका चौधरी द्धितीय र पञ्चकन्या विद्या मन्दिरकी छात्रा भूमिका लामिछाने तृतीय भएका कार्यक्रम संयोजक उमाराज आचार्यले जानकारी दिए । प्याब्सन चितवनका अध्यक्ष र्कितिनिधि अर्यालले उद्घाटन गरेको सो प्रतियोगितामा जिल्लाका ६ वटा पालिकाका ३६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । हिमालयन आमाविमा भएको हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड बोडिङ स्कुल प्रथम,एकता शिशु निकेतन द्धितीय र इन्टरनेशनल बोडिङ स्कुल तृतीय भएको प्याब्सन रत्ननगरका अध्यक्ष तथा प्रतियोगिताका संयोजक पशुपति उपाध्यायले जानकारी दिए । सो प्रतियोगितामा पाँच वटा पालिकाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । हाजिरीजवाफ उद्घाटन कार्यक्रम प्याब्सन चितवनका अतिरिक्त क्रियाकलाप प्रमुख टेकराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

एकता शिशु निकेतनमा भएको बुद्धिचाल प्रतियोगितामा प्रगति पाठशाला कुरिनटारका निर्मल प्रजा प्रथम, स्काइराइडर आवासीय मावि रत्ननगरका शिशिर थापा द्धितीय र सिद्धि विनायक आमाविका कालिकाका प्रलिन अधिकारी तृतीय भएको कार्यक्रम सो प्रतियोगिताका संयोजक रमेश पुरीले जानकारी दिए । सो प्रतियोगितामा ६ वटा पालिकाका १४ जना विद्यार्थीको सहभागिता रहेको अर्का संयोजक कमल शर्माले जानकारी दिए । न्यू स्पिडी इङ्लीस बोडिङ स्कुलमा भएको निबन्ध लेखन प्रतियोगितामा १५ जना विद्यार्थीको सहभागिता रहेको प्याब्सन प्रदेश समितिका सदस्य तथा सो विद्यालयका प्रचार्य डिल्लीराम पोखरेलले जानकारी दिए । निबन्ध लेखन प्रतियोगिताको नतिजा केही दिनमा आउने उनले जानकारी दिए ।

विद्यार्थीहरुमा अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले फरक फरक विधामा प्रतियोगिता आयोजना गरिएको प्याब्सन चितवनका सचिव मदन पुरीले जानकारी दिए । पालिका तहमा भएका प्रतियोगिता मार्फत छनौट भएका विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएका हुन । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय भएका खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सचिव पुरीले जानकारी दिए । प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय विद्यार्थीलाई फागुन २४ गते पुरस्कार वितरण गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker