सौराहामा फागुन १२ गते निःशुल्क मुटु रोग सम्बन्धी शिविर हुने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा फागुन १२ गते शुक्रवार निःशुल्क मुटुरोग तथा मधुमेह रोगको उपचारको लागि स्वास्थ्य शिविर हुँदैछ । राज मेडिकल हल र स्वाकल क्लिनिकको आयोजनामा हुने सो शिविरमा चितवन मुटु अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.शकर लौडारीको टिमले मुटु रोगीको उपचार गर्ने छन् । शिविरमा निःशुल्क मुटुको इसीजी, इको तथा मधुमेह परीक्षण गरिने राज मेडिकल हलका सञ्चालक राजेन्द्र प्रसाद खरेलले जानकारी दिए । शिविर राज मेडिकल हलमा विहानै देखि सुरु हुने छ । स्वास्थ्य तथा वातावरण सरोकार समाज नेपाल, रोएल किचन सौराहा, क्वेस्ट फर्मास्युटीक्लस प्रालि र नेशनल हेल्थ केयर प्रालि, स्पेक्चट्रा डिभिजनको सहयोगमा शिविर आयोजना गरिएको खरेलले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker