राप्ती– ४ मा प्रथम वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने

राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नंं. ४ मा प्रथम वडा अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ नववुद्ध युवा क्लव (जे एम टी) को आयोजना, शिवपुरी क्लव सह आयोजक तथा राप्ती नगरपालिका वडा नंं. ४ को संरक्षकत्वमा प्रतियोगिता यही फागुन २६ गते देखि राप्ती ४ शिवपुरी क्लवको खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा चितवन जिल्ला लगाएत नवलपुर, मकवानपुरबाट १० टीमको सहभागिता रहने आयोजकले बिहीवार राप्तीमा पत्रकार सम्मेलनको आयोजना जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुने टीमलाई रु १ लाख, द्धितीय हुने टीमलाई रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको कार्यक्रम संयोजक मिलन रुम्बाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल रक्षक डिफेण्डर र सर्वाधिक गोल रक्षकलाई पुरस्कृत गरिने उनले बताए ।
प्रतियोगिता आयोजना गर्न रु १० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । अहिले सम्म १० वटा टीम दर्ता भईसकेको संयोजक रुम्बाले जानकारी दिए । टीम दर्ता गर्दा कुनै पनि शुल्क नलाग्ने उनको भनाई छ । यस प्रतियोगिताले खेलाडीको मनोबल वृद्धि गर्नुका साथै उत्कृष्ट खेलाडी उत्पादनमा सघाउ पुग्ने उनको विश्वास छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker