सौराहाका भ्रमणको उत्कृष्ट अनुभव हाम्रा पाहुनालाई दिन हामी तयार छौं : अर्याल

पर्यटन नगरी चितवनको सौराहामा आज शुक्रबारदेखि सुविधाजनक होटल सञ्चालनमा आएको छ । रत्ननगर नगरपालिका वडा नम्बर- ६ स्थित सौराहाको निकुञ्ज चोकमा होटल आइकावा सञ्चालनमा आएको हो ।
करिव १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त होटलमा डिलक्स १८, सुपर डिलक्स ९, स्वीट ३ वटा गरि तीसवटा सुविधासम्पन्न कोठा छन् । बारको क्षमता ३० जनाको छ भने चौबिसैघण्टा खुल्ला रहने होटल भित्रको आइक्याफेमा पाहुनाले नेपाली, इन्डियन, चाइनिज, जापानिजलगायतका परिकारको स्वाद लिन सक्ने छन् ।

यस होटलमा एकै पटकमा २०० जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल संचालनमा आइसकेको छ । त्यसैगरी बिवाह, व्रतबन्ध, सेमिनार, भोजलगायतका कार्यक्रमको लागि १२०० जना क्षमताको ब्याङ्केट हल, इन्फिनिटी स्विमिङ पुल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

१) नेपालमा पर्यटन र होटल व्यवसाय उत्साहजनक नभएको अवस्थामा यहाँहरूले भने अर्को होटेल पनि थप्नु भयो नि !
पक्कै पनि विभिन्न कारणले गर्दा नेपालमा अहिले व्यापार व्यवसाय सुस्ताएको सुन्न पढ्न पाइन्छ । संसारमा होटल व्यवसायमा कोभिड महामारीको असर अझै पनि छ । तर यसको मतलब सधैं यस्तै रहन्छ भन्ने होइन, सौहारा नेपालमा बढी पर्यटक आगमन हुनेमा तेस्रो स्थानमा छ । सौराहा आफैमा वन्यजन्तु र जैविक विविधताको अलौकिक संगमस्थल हो । हामीले सौराहामा फरक महसुस हुनेगरी गुणस्तरीय सेवा सुविधा उचित मूल्यमा दिएर आन्तरिक र अन्तर्राष्ट्रिय पाहुना भित्र्याउने लक्ष्य लिएर व्यवासय सुरु गरेका छौं ।

२) सौराहा क्षेत्रकै सुविधासम्पन्न होटेल भनिएको छ । के के छन् यसका विशेषताहरू ?
हामी होटलको संरचनामा मात्र होइन हामीले दिने सेवामा पनि विशेष छौँ । भौतिक संरचनाको कुरा गर्ने हो भने सौराहा क्षेत्रमा नै पहिलोपल्ट हामीले बेसमेन्ट पार्किङ बनाएका छौं, होटलभित्र लिफ्ट पनि राखेका छौं जुन यसक्षेत्रमा पहिलो हो । हामीले बनाएका कोठाहरु एकदमै आरामदायीसँगै आकर्षक छन् । हाम्रो होटलमा खुला किचन, होटलभित्र रहेको आइ क्याफे २४ घण्टा संचालन, लाइब्रेरीको लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ । साथै अनुभवी कर्मचारीले गर्ने सेवा सत्कारले पाहुनाई पक्कै पनि खुसि पार्नेछ । पाहुनाको सुविधाको लागि हामीले भरतपुर विमानस्थल र बसपार्कसम्म आउन-जानको लागि गाडीको नि: शुल्क व्यवस्थासमेत गरेका छौँ ।

३) कस्ता किसिमका ग्राहक तथा सेवाग्राहीले यहाँबाट सेवा लिन सक्लान् ?
हामी स्वदेशी र बिदेशी सबै किसिमका पाहुनालाई स्वागत गर्नको लागि आतुर छौँ । मूल्यको हिसाबले हामी खासै महँगो छैनौं । पारिवारिक रमाइलो, साथीभाइको जमघट, व्यावसायिक मिटिङदेखि लिएर सौराहाको जंगल सफारी, सनराइज, सनसेटलगायतका सौराहाका सम्पूर्ण गतिविधिको उत्कृष्ट अनुभव हाम्रा पाहुनालाई दिन हामी तयार छौं ।

४) सौराहामा ठूलो लगानीको होटलको आवश्यकता किन देख्नु भयो ?
चितवन मेरो जन्मभुमि पनि हो । बिदेशमा पढाइ, व्यापार र घुमघामको क्रममा केहि ज्ञान सिक्न पाइयो । सौराहा अन्तर्राष्ट्रिय पर्यटकको रोजाईमा पहिले देखि नै पर्दै आएको क्षेत्र हो र हाल स्वदेशी पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । मैले यिनै कारणले गर्दा यहाँ अवसर देखेँ । अनि सबैभन्दा ठूलो कुरा यो मेरो प्यासन हो । यसका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान र नेपालमा केहि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने लागेर नै लगानी गरेको हो ।

५) तपाईं पहिलोपटक होटल व्यवसायमा आवद्ध हुनुभएको छ । यो व्यवसायमा कसरी लाग्ने योजना छ तपाईंको ?
मेरो व्यवसाय नेपालमा पहिलोपटक हो । जापनमा मैले रेस्टुरेन्ट व्यावसाय गर्दै आएको छु । फरक यति हो कि त्यहाँ सिस्टम बसिसेको छ यहाँ सिस्टम बसाल्न जरूरी छ । म समस्यासँग भाग्ने, बहाना बनाएर पन्छिने मान्छे होइन । गल्ति कमजोरी सच्याउँदै आफ्नो टिमलाई लिएर अघि बढ्ने मान्छे हो । मैले नेपालमा फरकफरक क्षेत्रमा काम गर्नुभएका बिज्ञलाई पनि टिममा लिएर अघि बढेको छु । उहाँहरुको अनुभव र आफ्नो ज्ञानको प्रयोगले म आफ्नो व्यवासायलाई थप बिस्तार र परिस्कृत गर्दै लैजाने छु ।

सौराहा घुम्न आउने पर्यटकहरूले आइकावा होटललाई नै किन रोज्ने ?
सबै हिसाबले आइकावा सौराहामा पाहुनाको उत्कृष्ट रोजाई हुने छ । आकर्षक भौतिक संरचना, मुखै रसाउने मीठो र गुणस्तरीय खाना, न्यानो आतिथ्य सेवा र सत्कारका साथै हामीले दिने फरकपनले गर्दा आइकावा पाहुनाको केन्द्र हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker