टाँडीचोकमा च्वास्स झोल मःमः को चौथों शाखा संचालनमा

रत्ननगर । रत्ननगरको टाँडीचोकमा आफ्नै च्वास्स झोल मःमः को चौथों शाखा संचालनमा आएको छ । रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले औपचारिक रुपमा सो मःमःको चौथों शाखा उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले खानाको गुणस्तर र ग्राहकलाई प्रदान गर्ने आतिथ्यतामा ख्याल गर्न आग्रह गरे । रत्ननगरमा स्वादिलो र स्वास्थ्यबर्दक खाना पाइने ठाउँको अभाव रहेका बेला लोकप्रियता हासिल गरेको च्वास्स झोल मःमः सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे । विगत चार वर्षदेखि चितवनको विभिन्न तीन ठाउँमा संचालित आफ्नै च्वास्स झोल मःम को चौथो शाखा टाँडीचोकमा संचालनमा आएको हो ।

सो मःमः को भरतपुरमा तीन ठाउँमा शाखा संचालनमा रहेको संचालक प्रकाश डल्लाकोटीले बताए । नेपालमा खाजाको रुपमा सर्वाधिक रुचाईएको मःम मा राम्रो सम्भावना देखेर यो व्यवसाय सुरु गरेको डल्लाकोटीले बताए ।

व्यवसाय र अन्य प्रायोजनका लागि साउथअफ्रिका, कतार, चिन लगायत देशको भ्रमण गर्दा आफुले नेपाली मःम प्रतिको क्रेज राम्रो देखेको उनले बताए । ‘आफ्नै च्वास्स झोल मःम’ को विशेष मौलिक स्वादका कारण ग्राहकहरुको रोजाईमा पर्न सफल भएको उनले बताए ।

बोसो रहित किमाबाट बनाईएको मःम र काजु, बदाम, तिलको छोप, लप्सीको धुलो आदिको मिश्रणबाट बनाइएको झोल अचार नै ‘आफ्नै च्वास्स झोल मःम’ को विशेषता हो । मुख्य परिकार मःम भएता पनि नान, तन्दुरी, बर्गर, पिज्जा लगायतका परिकार पाइने डल्लाकोटीले जानकारी दिए ।

जो सुकैले जुनसुकै बेला पनि अवलोकन गर्न सक्ने ‘ओपन किचन’ रहेको मःममा बर्थडे लगायतको साना ईभेन्टहरु गर्नको लागि स्थान पर्याप्त रहेको डल्लाकोटीले बताए । उद्घाटन कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव प्रताप डल्लाकोटी,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, समाजसेवी अमृतराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker