बैरिया माविमा निःशुल्क आँखा परीक्षण शिविर

बैरिया माविमा निःशुल्क आँखा परीक्षण शिविर

रत्ननगर । चितवनको रत्ननगरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३८५ जनाको आँखा परीक्षण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल र लियो क्लव अफ रत्ननगर मिड नेपालले रत्ननगर १० बैरिया माविमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको हो । शिविरमा आँखा परीक्षण गराएका मध्ये ११८ जनालाई चस्मा तथा २२७ जनालाई औषधि वितरण गरिएको क्लवका सचिव शंकर पौडेलले जानकारी दिए । शिविरमा मोतियाविन्दु देखिएको १८ जनालाई निःशुल्क शल्याक्रियाको लागि भरतपुर आँखा अस्पताल रिफर गरिएको छ ।

कार्यक्रममा क्लवका सचिव शंकर पौडेलले सामाजिक सेवा कार्यका लागि क्लवे आँखा शिविर आयोजना गरेको बताए । शुक्रवार बैरिया माविका ५१३ विद्यार्थीको आँखाको उपचार गरिएको शिविरको दोस्रो दिन ३८५ जना सर्ब साधारणको आँखाको उपचार गरिएको सचिव पौडेलले बताए । क्लवका अध्यक्ष सुमन सुवेदीको नेतृत्वमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविर सञ्चालनको लागि लायन्सका सक्रिय सदस्यहरु शिबहरि भण्डारी,शंकर पौडेल, कलाधर पौडेल, किसनप्रसाद पौडेलले आर्थिक सहयोग गरेका थिए । रत्ननगर नगरपालिका वडा नं १० र भरतपुर आँखा अस्पतालको सहकार्यमा शिविर आयोजना गरिएको क्लवका सचिव शंकर पौडेलले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker