लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीलाई परीक्षा पुस्तक हस्तान्तरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ ले आयोजना गरेको लोकसेवा तयारी कक्षाका प्रशिक्षार्थीहरुलाई मंगलवार नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको छ । वडा कार्यालयले एक हजार ४०० मुल्य पर्ने पुस्तक निःकुल्क वितरण गरेको हो । माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन र वडाध्यक्ष आशिक तामाङले सहभागी ३५ जनालाई पुस्तक हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारको स्थायी जागिरको लागि दिइने लोकसेवा परीक्षणको तयारीको लागि वडा कार्यालयले ४५ दिने कक्षा सुरु गरेको थियो । तयारी कक्षाका लागि आवश्यक पर्ने आधारभूत विषयहरु समाबेश गरिएको नायब शुब्बा परीक्षा सारथी नामक पुस्तक प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । वडा भित्रका युवाहरुलाई सरकारी कार्यालयमा रोजगारीको अबसरको लागि तयारी कक्षा सुरु गरिएको उनको भनाई छ ।

कार्यक्रममा संस्थापक मेयर वनले रत्ननगर नगरपालिकाको इतिहासमै पहिलो पटक वडा नं १५ बाट रचनात्मक कामको सुरुवात भएको भन्दै अबसरको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । करारको जागिरको अस्थायी हो उनले भने लोकसेवा पास गरेर खाएको जागिर उमेर हदबाहेक कसैले खोस्न सक्दैन । कार्यक्रममा वडा सदस्य शिबप्रसाद तिवारी, रुकमाया परियार लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker