मुक्ति नाथ विकास बैंक द्धारा समुदाय स्तरीय सहकारी संग अन्तरक्रिया कार्यक्रम

“जनता बैंकमा होइन ,बैंक जनता मा जानु पर्दछ भन्ने मुल नाराका साथ स्थापनाभएको मुक्तिनाथ विकास बैंक लि.को क्षेत्रिय कार्यालय , नारायणगढ द्धारामिति २०७९ फाल्गुण १६ गतेका दिन नारायणगढ स्थित समुदाय स्तरिय सहकारी संग अन्तरक्रियाकार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रम मा विशेष गरी मुक्ति नाथ विकास बैंक लि.मुक्ति नाथ कृषि कम्पनि र यस क्षेत्रिय कार्यालय अन्तरगत रहेको विषयगत सहकारीहरु संग के कसरी सहकार्य गरी उत्पादनशिल क्षेत्र लाई विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैंक , कृषि कम्पनि र सहकारीहरु बिच अन्तर कृयात्मक रुप मा कार्यक्रममा सम्पन्न भएको छ ।

यस कार्याक्रम बाट कृषि क्षेत्रको प्रभावकारीतालाई थप सार्थकतादिनको लागी स्थानिय स्तरबाट संचालनमा रहनुभएका समुदाय स्तरीय विषयगत सहकारी संस्थाहरु संग पनि सहकार्य गरी अगाढि बढ्नको लागी पहिलो चरणमा यस अन्तरकृयात्मको आयोजना गरीएको थियो । यस कार्यक्रममा कृषि क्षेत्रको विकास लगानीले मात्र संभव नरहेको भन्ने विषयलाई आत्म साथ गर्दै समग्र कृषि क्षेत्रको मुल्य श्रृखलामा नै पहल कदमी लिनु पर्दछ भन्ने हेतुले सहायक कम्पनिको रुपमा कृषि कम्पनि संगको सहकार्यमा भोलि का दिनमा मुक्तिनाथ विकास बैंक लि.र मुक्तिनाथ कृषिकम्पनि ले सहकारी मार्फत कृषक र उपभोक्ता सम्म कसरी सहज रुपमा सेवाप्रदान गर्ने भन्ने बारे प्रयाप्त छलफल भएको छ ।

बंैकका नायव प्रमुखकार्यकारी अधिकृत समिर शेखर वर्जाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकको क्षेत्रिय कार्यालय , नारायणगढ का क्षेत्रिय प्रबन्धक नम्रता श्रेष्ठले बैंकको बारेमा विस्तृत जानकारी सहित स्वागत मन्तब्य राख्नु भएको थियो । यस कार्यक्रममा चितवन क्षेत्रका करीव ४० भन्दा धेरै विषयगत सहकारी संस्थाका संचालक समितीका पदाधिकारी र कर्मचारीहरु सहित १२० जनाभन्दा बढिको सकृय सहभागितमा मुक्तिनाथ विकास बैंक लि. का अनुगमन अधिकृत सागर अर्याल द्धारा संचालित कार्यक्रममा सहजकर्ताको रुपमा बैंकको तर्फ बाट सन्तोष रोका र कृषिकम्पनीको तर्फ बाट अनुज अधिकारी ले आफ्नो प्रस्तुतिकरण राख्नु भएको थियो ।

कार्यक्रममा चितवन जिल्ल ादुग्ध विकास समिती जिल्ला अध्यक्ष सहितको विशिष्ठ अतिथिहरुको आगमान संगै सम्पुणर् सहभागी हुनु भएकाहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्तभएको थियो ।उपस्थित अतिथिहरुबाट प्राप्त जिज्ञासाहरुलाई बंैकका नायव प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पार्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker