मृगकुञ्ज सहकारीमा तालाबन्दी , उम्मेदवारी दर्ता राेकियाे

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछाैलीमा रहेकाे मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा बुधबार तालाबन्दी गरिएकाे छ ।

निर्वाचन समितिले अयाेग्य ठहर गरि ४० जनाकाे उम्मेदवारी बदर गरेपछि असन्तुष्ट बनेका उम्मेदवारहरुले संस्थाकाे कार्यालयमा तालाबन्दी गरेका हुन ।

संस्थाकाे कार्यालयमा तालाबन्दी भएपछि  आज विहान ९ बजेबाट सुरु हुने भनिएकाे उम्मेेेदवारी काम समेत राेकिएकाे छ । साे सहकारीकाे विवाद चरमउत्कर्षमा पुगेपछि रत्ननगर नगरपाालिकाले फागुन २१ गते भित्र समिति गठन गर्न निर्देशनात्मक पत्र पठाएकाे थियाे । 

नगरपालिकाकाे पत्र अनुसार निर्वाचन समितिले फागुन २० गते मतदान गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे थियाे । 

यता नियाेजित रुपमा निर्वाचन समितिले ४० जनाकाे उम्मेदवारी बदर गरेकाे भन्दै नेपाली कांग्रेस र एमालेले त्यसकाे कडा प्रतिबाद गरेका थिए ।

संस्थाकाे कार्यालयमा तालाबन्दी भएपछि साे सहकारीकाे नयाँ नेतृत्व चयनकाे लागि भएकाे अधिवेशन थप विवादमा तानिएकाे छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker