महिला दिवसको अवसरमा रत्ननगरमा गित प्रतियोगिता हुने

रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा गित प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा फागुन २४ गते ११३ औं अर्न्तराष्ट्रिय महिला दिवसका दिन गित प्रतियोगिता गर्न लागिएको हो ।

नगरपालिका भित्र रहेका महिला समुहको बिचमा ‘अर्न्तराष्ट्रिय र लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने शिर्षकमा प्रतियोगिता गर्न लागिएको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा घिमिरेले जानकारी दिइन् । प्रतियोगितामा एउटा समुहमा ५ देखी ७ जनाको समुह हुने उनले बताइन ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार रुपैयाँ, द्वितियलाई ८ हजार, तृतियलाई ५ हजार र सान्त्वना हुने समूहलाई २ हजार रुपैंया पुरस्कार दिइने घिमिरेले जानकारी दिइन् । रत्ननगर नगरपालिकाको प्राङ्‌गणमा हुने प्रतियोगितामा सहभागिताको लागि नगरपालिकाले फागुन २१ गते सॉझ ५ बजेसम्म समूह दर्ताको लागि समय तोकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker