लियोको नि:शुल्क दन्त शिविर, २७० विद्यार्थी लाभान्वित

१८ फागुन, बिहीबार
रत्ननगर, चितवन 

लियो क्लब अफ रत्ननगर बेल्सी , लियो क्लब अफ राइनो रत्ननगर र लियो क्लब अफ नारायणगढ चित्रवनको संयुक्त आयोजना र सालिग्राम डेन्टलको सहकार्यमा खैरहनी-०१ स्थित नवोदय विद्यालयमा अध्ययनरत चेपाङ्ग विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लियो प्रकाश शाहको सभापतित्वमा भएको कार्यक्रममा नवोदय विद्यालयका प्रबन्धक माइकल चिरायथ प्रमुख अथितीको , डा. दिपक सुवेदी , लियो अनिश लामिछाने र लियो किरण लामिछाने विशिष्ट अथितीको , लियो अरुण नेपाल , लियो अस्मिता आचार्य , लियो तेजेन्द्र कुवर , ऐश्वर्या खनाल , कृति थापा मगर , लियो निरज कँडेल , लियो बिमल महतो र लियो आयुष अधिकारी,दिपा प्रजा,सलिना गुरुङ र महिमा अर्याल अथितीको रुपमा रहेका थिए ।

कार्यक्रममा लियो प्रकाश शाह, लियो अनिश लामिछाने ,लियो किरण लामिछाने, लियो अस्मिता आचार्य , लियो निरज कँडेल , र लियो तेजेन्द्र कुवरले मन्तव्य राखेका थिए भने लियो नवीन थापाले कार्यक्रम संचालन गरेका हुन । चेपाङ्ग बालबालिकाको लागि भएको निशुल्क दन्त परिक्षण कार्यक्रम विद्यालय र विद्यार्थीको लागि हितकर रहेको लियो प्रकाश शाहले बताए । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत २७० जना विद्यार्थीले लाभ लिए।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker