सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउछौ : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको गुणस्तर थप वृद्धि गर्ने बताउनु भएको छ ।
भरतपुर–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सवको एवम् अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले एक कक्षा कोठा एक शिक्षकको नीति अगाडि बढाईने उल्लेख गर्नुभयो ।मेयर दाहालले सामुदायिक विद्यालयमा रहेको विद्यार्थीको संख्या र चापलाई मध्यनजर राख्दै करिब १ सय ५० युवा स्वमसेवक शिक्षक थप गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन विद्यालयको पहिचान गरी यो कार्यक्रम लागू गर्न लागेको उहाँको थियो ।

‘विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएकै छन्,उहाँले भन्नुभयो,‘प्रविधिमैत्री शिक्षाले आर्कषण बढ्छ । स्थाई शिक्षकको दरबन्दी पनि छिटै मिलान गर्छौ।’
भरतपुर शिक्षाको हबको रुपमा विकास भईरहेकाले अन्य जिल्लाबाट सिकाईको लागि यहाँका विद्यालयमा शिक्षक विद्यार्थी आउने गरेको जानकारी दिनुभयो ।
मेयर दाहालले महानगरपालिकामा आटेका कामहरु क्रमश पुरा हुँदै गएको बताउनुभयो ।

‘आँटेको काम पुरा भएकै छन्,‘उहाँले भन्नुभयो,‘भरतपुरमा धेरै आयोजना निर्माणधिन छन् । एकपछि अर्को अधुरो अपुरो काम पुरा गर्ने गरी अगाडि बढेका छौ।’कार्यक्रममा मेयर दाहालले विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ४ कोठे भवनको शिलान्यास पनि गर्नुभएको छ । ४ कोठे भवन निर्माणका लागि रु ३५ लाख विनियोजन भएको छ ।चितवन जिल्लाको जेठो विद्यालयको रुपमा परिचित यस विद्यालय वागमती प्रदेशको पहिलो प्रविधिमैत्री विद्यालय पनि हो । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आईरहेको छ ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker