अन्नपूर्णमा जिल्ला स्तरीय कविता बाचन प्रतियोगिता

रत्ननगर । युवा रेडक्रस सर्कल अन्नपूर्ण शिशु निकेतनको आयोजनामा शुक्रवार विद्यालयमा जिल्ला स्तरीय कविता बाचन प्रतियोगिता गरिएको छ ।

जिल्लाका २१ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा शिक्षा विकास बोडिङ स्कुलकी इलु पौडेल प्रथम, पञ्चकन्या विद्यामन्दिरकी करिना ढकाल द्धितीय, सगरमाथा बोडिङ स्कुलकी रोजा कोइराला तृतीय र बैरिया माविका सन्ध्या पौडेल सान्त्वना भएको अन्नपूर्णकी शिक्षक नायक लीला दाहाल अधिकारीले जानकारी दिइन ।

प्रतियोगितामा प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी चितवनकी सदस्य शारदा शर्मा पौडेल निर्णायक रहेका थिए । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेल प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरकी उपाध्यक्ष अनु गौतम,अन्नपूर्ण शिशु निकेटनका प्राचार्य गोविन्द पौडेल,रत्ननगर रेडक्रसका निर्वतमान सचिव रामचन्द्र पौडेल, प्रज्ञा प्रतिष्ठानका सदस्य रामहरि श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको बार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीकाअन्तनिहीत क्षमता उजागर गर्न कार्यक्रम आयोजना गरिएको शिक्षक नायक अधिकारीले जानकारी दिइन । युवा रेडक्रस सर्कल अन्नपूर्ण शिशु निकेतनकी अध्यक्ष रोसिका ढकालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षिका श्रद्धा सेढाईले सञ्चालन गरेकी थिइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker