एन्जल्स वर्ल्ड स्कुलका विद्यार्थीहरुलाई रेडियो चितवनमा १ दिने प्रयोगात्मक प्रशिक्षण

रत्ननगर
एन्जल्स वर्ल्ड स्कुल रत्ननगर-१० बकुलहरमा संचालन भैरहेको अतिरिक्त कक्षा अन्तर्गतको उद्घोषणकला कक्षामा सहभागी विद्यार्थीहरुलाई आज रत्ननगर टाँडीमा रहेको रेडियो चितवन ९४ दशमलव ६ मेगाहर्जमा रेडियो प्रशारण तथा प्रविधि सम्वन्धि ज्ञान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम अन्तर्गत रेडियो कसरी प्रशारण हुन्छ, रेडियो प्रशारणका लागी आवस्यक उपकरणहरु के के हुन् , रेडियोमा बुझ्नुपर्ने प्रविधि संकेत तथा प्रविधि ज्ञान लगायतका विषयमा विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै जानकारी गराईएको एन्जल्स वर्ल्ड स्कुल रत्ननगर-१० का उद्घोषणकलाका प्रशिक्षक रामु आचार्यले जानकारी दिए ।

शिक्षाका अलावा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अव्वल गराउन विद्यालयमा अतिरिक्त कक्षाहरु वार्षिक कार्यक्रम अनुसार तालिका बनाएर संचालन भैरहेको विद्यालयका प्राचार्य गणेश शर्माले जानकारी दिए । उद्घोषणकला कक्षाका अलावा विद्यालयमा हाल नृत्य, गायन, तेक्वान्दो लगायतका कार्यक्रम संचालित छन् । सोहि कार्यक्रम अन्तर्गत उद्घोषणकलाको कक्षा साप्ताहिक रुपमा २ दिन संचालन हुँदै आएको र सो कक्षाको सकारात्मक प्रभाव विद्यार्थीहरुमा देखिएको विद्यालयका सहायक प्राचार्य राजाराम कार्कीले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker