सौराहामा संसदीय रिपोटिङ सम्बन्धी प्रशिक्षण सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा संसदीय रिपोटिङ सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

पत्रकार महासंघ बागमती प्रदेश समितिसंगको सहकार्यमा बागमती प्रदेश सचिवालयले आयोजना गरेको सो कार्यक्रममा मकवानपुर र चितवनका पत्रकारहरुको सहभागिता रहेको छ । वागमती प्रदेश सभामा हुने गतिविधिको सहज रिपोटिङका लागि कार्यक्रम आयोजना गरिएको हो ।

वागमती प्रदेश सभाका सभामुख भूवन कुमार पाठकले एक औपचारिक कार्यक्रमका बीच प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन । सो अबसरमा उनले वागमती प्रदेशमा संसदीय रिपोटिङको अभ्यास नौलो विषय रहेकाले यसबारे पत्रकारलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । संसद र पत्रकारको सम्बन्ध प्रगाढ हुनुपर्ने भन्दै उनले सहज सुचना प्राप्तीका लागि अबलम्बन गर्नुपर्ने उपाय प्रशिक्षण कार्यक्रमले सिकाउने उनको भनाई छ । सभामुख पाठकले नेपालको राजनीति विथोलिदा समेत पत्रकारिता क्षेत्रले आफ्नो लिग नछाडेको उल्लेख गरे । नेपालको पत्रकारिता सही दिशामा केन्द्रीत छ उनले भने यो सशक्त रुपमा अगाडि बढेको छ,बढ्नु पर्छ ।

उपसभामुख अफ्सरा खत्रीले पत्रकारले सम्प्रेषण गर्ने सुचनाले संसदीय व्यवस्थालाई नै मजबुत बनाउन भूमिका खेल्ने बताइन । कार्यक्रममा पत्रकार हरिबहादुर थापाले संसदीय संवादाता,खोज तथा लेखनशैली र जनप्रतिनिधिसंगको सम्बन्ध तथा मनोजकुमार गुप्ताले प्रदेश सभा र सुचना सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सचिवालयका अधिकृत सुन्दर बास्कोटाले स्वागत मन्तव्य राखेका थिए । शनिवार सम्म चल्ने सो कार्यक्रममा ४० जना पत्रकारको सहभागिता रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker