रेवान सौराहाको होली मिलन कार्यक्रम

रत्ननगर । चितवनको पर्यटीय नगरी सौराहामा आयोजना गरिएको होली मिलन कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहा चितवनका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोशियसनले रेवान सौराहाले संघका नवनिर्वाचित अध्यक्ष गंगा गिरी र उनको टिमलाई स्वागत तथा सम्मान गरेको हो । सो अबसरमा व्यवसायीहरुले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकासको लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सौराहा सफारी पर्यटनको हिसाबले विश्वमै प्रसिद्ध छ । पश्चिम चितवनमा बढ्दै गएको पर्यटकीय गतिविधिले सौराहा ओझेलमा पर्ने खतराका बीच व्यवसायीहरुले सौराहाको पर्यटनको महत्व बढ्ने खालका गतिविधि गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले सौराहामा पर्यटकीय पूर्वाधार निर्माण,खानाको गुणस्तर सुधार र प्रचारप्रसारको काम दुई संस्थाको सहकार्यमा गर्नुपर्ने बताए । सौराहा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो उनले भने यसलाई तेस्रोबाट दोस्रोमा स्तरोन्नती गर्न हामी सबै एकजुट हुनुपर्छ । रेवान सौराहाका अध्यक्ष नरेश गिरीले सौराहाको पहिचना जोगाउन व्यवसायिक एकता आवश्यक रहेको बताए ।

सौराहाको विकल्प खोजियो भने त्यो दुभाग्य सावित हुने छ उनले भने हामीले पूर्वाधार निर्माण र खानाको गुणस्तर सुधारमा ध्यान दिन आवश्यक छ । वडा नं ७ का वडाध्यक्ष सजना महतो प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेवान सौराहाका पूर्व अध्यक्ष तथा वडा नं ७ का निर्वतमान वडाध्यक्ष राजन भट्ट, रेवानका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी, सौराहा लेडी जेसीजकी अध्यक्ष मन्जु चौधरी, एकता टोल विकास संस्थाकी उपाध्यक्ष विन्दा कार्की लगायतले मन्तव्य राखेका थिए ।

रेवानका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सौराहाका व्यवसायी तथा पर्यटकहरुले एकआपसमा रंग दलेर शुभकामना साटासाट गरेका थिए रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष अर्जुन चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker