रत्ननगरका महिलालाई आत्मनिर्भर बनाउन चर्खा तालिम

रत्ननगर, फागुन २७ । रत्ननगरमा सात दिने चर्खाबाट धागो बनाउने तालिम सुरु भएको छ । मंगलपुर उद्यमी महिला समुहको आयोजना तथा रत्ननगर नगरपालिकाको आथिक सहयोगमा रत्ननगर– १२ आत्म शान्ति वौद्ध गुम्बामा सात दिने तालिम सुरु भएको हो ।
प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले एक कार्यक्रमका बिच तालिमको उद्धघाटन गरे । मेयर सापकोटाले महिलाहरुले घरमै बसेर आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको बताए ।उनले भने, “कुनै पनि तालिमहरु लिए पश्चात त्यस कार्यलाई निरन्तरता दिनुपर्छ, हरेक क्षेत्रमा महिला अगाडी बढ्नुपर्छ ।”फुर्सदको समयमा घरमै बसेर काम गर्न सकिने भएकाले यस्को आम्दानीले महिला दिदीबहिनीहरुलाई घर खर्च चलाउनमा सहयोग पुग्ने उनको भनाई छ ।

धागो बनाउने कामले घरको सानो व्यवहार चल्ने भएकाले परिवारमा खर्चको व्यवस्थापन गर्न सहज हुने उनले बताए ।रत्ननगर– १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदीले आफ्नो समयको सदुपयोग गर्दै आफुले जानेका कुराहरु सबैलाई सिकाउनु पर्ने बताए । आफुले सिकेका सिपहरुको सहि सदुपयोग गर्दै सफल उद्यमी बन्न आग्रह गरे ।तालिमकी प्रशिक्षक वुद्धिमाया घलेले घरका कामकाज सकेर फुर्सदिला भएका दिदी बहिनीहरुलाई रोजगारी दिएर सक्षम बनाउन तालिमको आयोजना गरिएको बताईन् ।चर्खाबाट धागो बजाउदा नाफा नै हुन्छ,’ उनले भनिन्, ‘गफ गरेर समय बिताउनु भन्दा दुई चार पैसा आम्दानी हुन्छ ।’महिला समुहकी सल्लाहकार विरञ्जना घिमिरेले यस तालिम पश्चात महिला दिदी बहिनीहरुको अम्दानीको स्रोतको बाटो खुल्ने बताईन् ।यसबाट एक महिलाले रु १६ हजार देखि रु २० हजार सम्म आम्दानी गर्न सक्ने उनको भनाई छ ।

यस तालिमले आयस्तर माथी उकास्नमा मद्धत पुग्ने उनको विश्वास छ ।उनले भनिन्, “म सिक्छु र अधि बढ्छु भन्ने भावना महिला दिदी बहिनीहरुमा हुनुपर्छ ।”आत्म शान्ति वौद्ध गुम्बाका अध्यक्ष मन कुमार गुरुङले समुहका दिदी बहिनीहरुले यस तालिमको सहि सदुपयोग गर्दै लगनशिल भएर कार्य गर्नुपर्नेमा जोड दिए महिला समुहकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगरका विज्ञ सल्लाहकार, रामहरी न्यौपाने, डम्पिङ उद्यमी महिला समुहकी सचिव उर्मिला भुजेल लगाएतको उपस्थित रहेको थियो ।सात दिन सम्म चल्ने तालिममा १० जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षण वुद्धिमाया घलेले दिनेछिन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker