चितवनको कालिका संस्कारकुलम विद्यालयमा बरिष्ठ गायक आनन्द कार्की सम्मानित

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २६, ज्योतिनगरमा रहेको कालिका संस्कारकुलम आवासिय माध्यमिक विद्यालयमा नेपालका चर्चीत गायक आनन्द कार्की सम्मानित हुनुभएको छ ।

विद्यालयको ३१औँ अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा सांगित क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गायक कार्कीलाई सम्मान गरिएको हो । सम्मानपछि गायक कार्कीले यो सम्मानलाई आफ्नो संगीत संघर्षको अमुल्य मुनाफाको संज्ञा दिनुभएको छ । सम्मान गर्ने विद्यालय परिवारलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु खाँडलाई पनि सम्मान गरिएको थियो । लामो समयदेखि सामाजिक काममा क्रियाशिल खाँड अधिकारका बिषयमा काम पनि गर्दै आउनुभएको छ । सम्मान पछि खाँडले आफुलाई थप काम गर्ने हौसला मिलेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रशेन अधिकारी प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषीराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेले विद्यालयका बिषयमा जानकारी गराउनुभएको थियो । सहायक प्रधानाध्यापक दिवस घिमिरे विद्यालयको भावि योजनाका बिषयमा बताउनुभएको थियो । कार्यक्रममा सहभागि अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker