
रत्ननगर । चितवनकाे रत्ननगर स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा जारी स्ववियु निर्वाचन अन्तर्गत अहिले सम्म ४६० मत खसेकाे छ ।
विहान ८ बजेबाट मतदान सुरु भएकाे हाे । अहिले ११ बजे सम्म ४६० मत खसेकाे निर्वाचन अधिकृतले दिलिप शर्माले जानकारी दिए । साे क्याम्पसमा १ हजार २२४ विद्यार्थी मतदान छन् ।
साे क्याम्पसमा अखिलकाे सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ बीच प्रतिस्पर्धा हुँदैछ ।
अखिल सयुक्त प्यानलबाट अध्यक्षमा राजेन्द्र सापकाेटा र नेविसंघबाट मनिष सुवेदी चुनावी मैदानमा छन् ।
अखिल सयुक्तबाट सचिवमा माेनिका सिलवाल र काेषाध्यक्षमा पानस तमाङ र नेविसंघबाट सचिवमा अमिरबाबु खनाल र काेषाध्यक्षमा प्रमिला बुढाथाेकी चुनावी मैदानमा छन ।
१४ बर्ष पछि भएकाे निर्वाचनमा विद्यार्थीहरु उत्साहित देखिएका छन् ।
Share