रत्ननगर १४ ले जित्यो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि

चैत ६
रत्ननगर नगरपालिका वडा नं १५ मा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । माधवपुर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो । १६ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा उपाधि जित्दै वडा नम्बर १४ को टिमले ५१ हजार र दोस्रो हुने वडा नम्बर २ को टिमले ३० हजार ५०० नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङ्‌ले बताए । रत्ननगर नगरपालिकाका उपमेयर यादब पाठकको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलमा वडा नम्बर १५ का वडाध्यक्ष आषिक तामाङ , वडा नम्बर १४ का वडा अध्यक्ष होमनाथ रानाभाट , वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker