रत्ननगर १४ ले जित्याे वडा स्तरीय फुटबल प्रतियाेगिताकाे उपाधि 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ माधवपुरमा आयाेजना गरिएकाे वडा स्तरीय फुटवल प्रतियाेगिताकाे उपाधि वडा नं १४ ले जितेकाे छ ।

साेमबार भएकाे फाईनल खेलमा वडा नं २ टाँडीलाई शुन्यका विरुद्ध एक गाेल अन्तरले पराजित गर्दै वडा नं १४ पिठुवाले उपाधि जितेकाे हाे । वडा नं १४ लाई उपाधि जिताउन संजित गुरुङले निर्णायक गाेल गरेका थिए ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई ५१ हजार १११ र दाेश्राे हुने टिमलाई ३० हजार ५५५ नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक र वडा नं १५ का वडाध्यक्ष आशिक तमाङले उपाधि विजेता टिमलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साे अबसरमा वडा अध्यक्ष तामाङले समग्र नगरकाे खेलकुदकाे विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडि उत्पादन गर्न माधवपुरमा फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे बताए ।

माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहेकाे समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।

समापन कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष हाेमनाथ रानाभाट,कार्यपालिका सदस्यहरु राजेन्द्र हमाल,सानू भण्डारी,वडा नं १५ का वडा सदस्य ईमप्रसाद पन्त,शिवप्रसाद तिवाडी,लीलादेवी पाेखरेल,रुकमाया परियार लगायतकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिता समापनकाे अबसरमा अन्नपूर्ण भजन समुहलाई नगरपालिकाले प्रदान गरेकाे सांसकृतिक पाेसाक उपमेयर पाठकले हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा नेपाल युनाइटेड फुटबल क्लव र सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले प्रथम र द्धितीय पुरस्कार सौजन्य गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker