पुर्वी चितवनमा छिट्टै ब्लड बैकको सुबिधा, मेयर सापकोटाको पहलमा रेडक्रसको सहकार्य

आगामी कार्यपालिका बैठकले ठोस निर्णय लिन्छ : प्रलाद सापकोटा

०८ चैत, बुधवार
रत्ननगर, चितवन 

रत्ननगरमा ब्लड बैंक स्थापना हुने भएको छ । रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाले पुर्वी चितवनमै ब्लड बैंक स्थापनाको पहल थालेपछि नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाले चैत ८ गते बसेको बैठकबाट नगरले गरेको पहललाई सम्बोधन गर्दै आफ्नो संस्थाको समन्वयमा कोठा दिन सहमत हुने निर्णय गर्दै नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ । संस्थाले कोठा उपलब्ध गराउने भएपछि मेयर सापकोटाको पहलमा खोल्न लागिएको ब्लड बैंकका लागि थप अनुकुलता भएको हो ।

चैत्र १५ गते बस्ने कार्यपालिका बैठकमा सो सहमति पत्र पेश गरी छिटोभन्दा छिटो ब्लड बैंक खोल्न आवश्यक निर्णय लिने मेयर सापकोटाले बताए । कार्यकक्षमै बैठक डाकेर रक्तसंचार सेवा भरतपुरका प्रमुख रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री राममणी खनाल लगायत संग ब्लड बैंक स्थापनाको प्रारम्भिक छलफल पनि गरिसकेको मेयर सापकोटाले थपे ।

ब्लड बैंक एउटा केन्द्र हो जहाँ रक्तदानको परिणाम स्वरूप जम्मा भएको रगतलाई पछि रगत चढाउन प्रयोगको लागि सुरक्षित रूपमा भण्डारण गरिन्छ। ब्लड बैंकमा रगत भण्डारण तथा उचित परीक्षण पनि हुन्छ । पुर्वी चितवन रक्तदान कार्यक्रम गरी योगदानमा अब्बल भएपनि ब्लड बैंक नहुँदा रगत चाहिएको बेलामा अभावमा पनि गुज्रनुपर्ने बाध्यता रहि आएको छ । अब रत्ननगर अस्पतालको गुणस्तरीय सेवामा ब्लड बैंक स्थापनाले पनि ठुलो सघाउ पुर्याउने निश्चित छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker