हेलम्बुमा प्राकृतिक रेशाबाट बनेको भवन आर्कषक, पर्यटकको ओइरो

जनक कार्की,
काठमाण्डौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका २ शेरमान्थाङमा स्थानीय स्तरमा उपलब्ध भाङ्ग तथा गाँजा लगायतका प्राकृतिक प्रद्धत्त बस्तुहरुको प्रयोगबाट देशकै पहिलो सुबिधा सम्पन्न भवन निमार्ण गरिएको छ ।

र्सेमान्थाङमा रहेको याङग्रीमा इको–लज हेम्प,चुनढुङ्गा र बाँस लगाएत प्राकृतिक श्रोत साधनको प्रयोग गरेर घर तथा कोठाहरु निमार्ण गरिएको छ । स्थानीय स्तरमा सहजै प्राप्त हुने प्राकृतिक श्रोत तथा साधनको प्रयोग गरेर मौलिक र स्थानीय श्रोतबाट नै दींगो विकास सम्भव हुने भएको हुँदा प्रकृतिमा सजिलै उपलब्ध हुने अल्लो, बाँस, निगालो, भाङ्ग लगाएतका वनस्पतिको उपयोग गरेर वातावरण मैत्री भवन निमार्ण गरेको उक्त लजका संचालक गोपाल हेल्मोले बताए ।

वर्षाको पानीलाई संकलन गरेर सुख्खा मौशममा पानीलाई पुनःप्रयोग गरेर आफ्नै बारीको अर्गानिक तरकारी र फलफूल उत्पादन गरेर खवाउने गरिएको उनले जानकारी दिए । २ हजार ६ सय मिटरको उचाइमा अवस्थित, याङग्रीमा इको–लज पुरानो अल्पाइन वन र वनस्पतिको बीच प्रकृतिक सुन्दताले भरिपुर्ण हेलम्बुको मनमोहक र शान्त वातावरणमा अवस्थित देशकै पहिलो वातावरण मैत्री भवनको अवलोकन गर्न देश विदेशका विभिन्न स्थान बाट पर्यटकहरु आउने गर्दछन ।

प्राकृतिले दिएको भाङ्ग, हेम्प, अल्लो, निंगालो, बाँस जस्ता स्थानीय श्रोत साधनको प्रयोग गर्दा लागत कम लाग्नुका साथै दिंगो र आत्मनिर्भर हुने कुरा यस बिषयमा अनुसन्धार गर्दै आएका अर्थ विज्ञ तथा अर्थशास्त्री जगन्नाथ काफ्लेले बताए । सहर बजार देखि गाँउमा आउने पर्यटकहरुले सहरिया खाना भन्दा पनि स्थानीय खानाको परिकारहरु खुबाएर आर्कषित गर्नुपर्ने बताए । स्थानीय श्रोत साधनको प्रयोग गरेर आयआर्जन र आर्थिक रुपान्तरण सम्भब भएको अर्थशास्त्री काफ्लेको भनाई छ ।

 

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker