विश्व खानेपानी दिबसमा खानेपानीकाे मुहान सरसफाई

रत्ननगर । विश्व खानेपानी दिबसकाे अबसरमा बुधबार खानेपानीकाे मुहान सरसफाई गरिएकाे छ ।

रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाले सेवा क्षेत्र भित्र रहेकाे लाैरीघाेल मुहानकाे सरसफाई गरेकाे हाे ।

जिल्ला खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ चितवनकाे सहकार्यमा आयाेजना गरिएकाे साे कार्यक्रम खानेपानी तथा सरसफाई डिभिजन नं १ हेटाैडाका प्रमुख सन्ताेष कुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले मुहानमा फालेका मदिराका बाेत्तल, प्लाष्टिकजन्य सामाग्री र झाडी संकलन गरि नष्ट गरेकाे काेषाध्यक्ष तथा खानेपानी सुरक्षा समिति संयाेजक सरस्वती लामाले जानकारी दिईन् ।

साे अबसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिभिजन प्रमुख श्रेष्ठले खानेपानीकाे मुहान संरक्षण आवश्यक रहेकाे भन्दै तारबार, नियमित सरसफाई गर्नुपर्नेेमा जाेड दिए । खानेपानीकाे स्राेत संरक्षण गर्न नसके कालन्तरमा पानीकाे अभाव सिर्जना हुने उनकाे भनाई छ ।

रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्यालले खाेला र नदीकाे स्राेत नभएका कारण मुहान संरक्षण र मुहानलाई जलासयुक्त बनाउनु पर्ने बताए । उनले सरकारसंग बजेट माग गरि खानेपानीकाे मुहान संरक्षण र जलासययुक्त बनाउने बताए ।

अध्यक्षले अर्यालले रत्नगर खानेपानीकाे आम्दानीकाे अधिकांस हिस्सा विजुलीकाे सहसुलमा खर्च हुने गरेकाे बताए । उनले कृषिलाई जस्तै खानेपानीलाई पनि विजुली महसुलमा ५० प्रतिशत छुट दिन प्रदेश सरकारसंग माग गरे ।

विजुलीकाे महसुलमा सरकारले छुट दिए त्यसबाट बचत हुने रकम उपभाेक्ताकाे हित र मुहान संरक्षणमा खर्च गर्ने अध्यक्ष अर्यालकाे भनाई छ ।

साे संस्थामा विजुलीकाे महसुल मात्र बार्षिक ५५ लाख रूपैया खर्च हुँदै आएकाे छ । साे संस्थाकाे तीन ठाउँमा ७ वटा मुहान छन् ।

कार्यक्रममा वडा नं १४ का वडाध्यक्ष हाेमनाथ रानाभाटले लाैरीघाेल एैतिहासिक स्थल रहेकाे भन्दै खानेपानीकाे मुहान संरक्षण गर्दा महत्पूर्ण क्षेत्र जाेखिने बताए ।

कार्यक्रममा डिभिजन कार्यालय अन्तर्गत चितवन साईड प्रमुख हरिराम पाैडेल, जिल्ला खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सचिव प्रताप डल्लाकाेटीले कार्यक्रम सञ्चालन गरेका थिए ।

२०५८ सालमा स्थापना भएकाे साे संस्थाकाे १२ हजार ७०० उपभाेक्ता रहेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker