रत्ननगरमा वित्तीय साक्षरताकाे लागि प्रभातफेरी 

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा शुक्रबार विहान वित्तीय साक्षरताकाे लागि प्रभातफेरी गरिएकाे छ ।

वित्तीय साक्षरता दिबसकाे अबसरमा नारायणी डेभलपमेन्ट बैंकले कार्यक्रम गरेकाे हाे । साैराहाचाेकबाट सुरु भएकाे प्रभातफेरी निपनी हुँदै टाँडी बजार परिक्ररमा गरि समापन गरिएकाे थियाे ।

कार्यक्रममा साे बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पाैडेलले नागरिकलाई बचत गर्ने बानीकाे विकास गर्दा हुने फाईदाकाे विषयमा बुझाउन सचेतना मुलक कार्यक्रम गरिएकाे बताए ।

बैंकका नायक प्रमुख कार्यकारी अधिकृत ह्दयराज घिमिरेले भविश्यकाे सुनिश्चितताकाे लागि बचत र आर्थिक परिचालकाे पाटाे महत्वपूर्ण रहेकाे बताए । मुलुकमा आर्थिक संकट देखा परेकाे भन्दै उनले बचत र आर्थिक परिचालनले संकट सामधानमा सहयाेग गर्ने बताए ।

प्रभातफेरीमा बैंकका लगानीकर्ता,शेयर सदस्य र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागीहरुले विभिन्न नारा लेखेकाे प्लेकार्ड बाेकेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker