रत्ननगरका महिलाले सामाजिक रुपान्तरणका उदेश्यले खोले संस्था

रत्नननगर नगर उप-प्रमुख पाठकले गरे रिवन काटी उद्घाटन

रत्ननगर,चैत १० ।

पूर्वी चितवनको रत्ननगरमा सामाजिक कार्य गर्ने उद्देश्यले सामाजिक रुपान्तरण अभियान नेपाल नामक संस्था उद्‌घाटन गरिएको छ । रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले शुक्रबार रिवन काटेर संस्थाको उद्‌घाटन गरेका हुन् । पूर्वी चितवनका २१ जना महिलाहरु मिलेर संस्थाको दर्ता प्रक्रिया पुरा गरेर शुक्रबार औपचारिक रुपमा रत्ननगर १ मा कार्यालय स्थापना गरि संस्थाको उद्‌घाटन गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिइन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै उपमेयर पाठकले सामाजिक संस्थाहरुले विपन्न बस्तीलाई पहिलो प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले नगरभित्र विपन्न परिवारको संख्या धेरै रहेको भन्दै उनिहरुको जिवनस्तर उकास्न बस्तीमै पुगेर काम गर्न संस्थालाई सुझाव दिए । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष रिता काप्रीले संस्थाले विपन्न,महिला तथा बालबालिका,अल्पसंख्यक लगायतलाई लक्षीत गरि काम गर्ने बताईन ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा , वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल,नगरपालिकाका विज्ञ सल्लाहकार रामहरी न्यौपाने,वडा सदस्य गिरीराज लम्साल,विन्दु मगराती,कार्यपालिका सदस्य बबिता चौधरी,नवदुर्गा आमा समूहक अध्यक्ष संगिता खनाल , सामाजिक व्यक्तित्व गोविन्द गौतम लगायतको उपस्थिती रहेको थियो । संस्थाकी सचिव अनिता अर्यालले संचालन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष संगिता उप्रेतिले स्वागत मन्तव्य राखेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker