दूधको मूल्य एकरुपता कायम सम्वन्धि अन्तरक्रिया

रत्ननगर, चैत्र १० । दूधको मूल्यवृद्धि कार्यान्वयन तथा एकरुपता कायम सम्वन्धि दुग्ध प्रशोधन उद्योग, सहकारी संस्थाका प्रतिनिधी र कृषकहरुबिच अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादक संस्थाको आयोजना एंव डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएएन विकाश संस्थानको सहयोगमा कार्यक्रम भएको हो ।


किसान र दुग्ध सहकारी संस्थाले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले चैत्र २ गते दूधको मूल्य बढाएपनि बढेको मूल्य कार्यान्वयन नभएको भन्दै किसानले समेत विरोध जनाएका छन्  । बढाइएको मूल्यबाट किसानले दुधको गुणस्तर अनुसार पाउनुपर्ने भए पनि सो रकम पाएका छैनन्  ।
दुधको मुल्य श्रृखलामा सुधार ल्याउन गुणस्तरीय दुधको बढी भन्दा बढी उत्पादन गर्नु पर्नेमा जोड दिइएको थियो । उनीहरुले दुध उत्पादन गरेर मात्र नहुने बजारको उचित प्रवद्र्धन हुने क्षेत्रको पहिचान गर्न सकेमात्र दुधको मुल्य श्रृङ्गखलामा अन्तर आउने र दुग्ध उत्पाक कृषकहरुलाई बढी भन्दा बढी फाईदा हुने बताए ।
चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका अध्यक्ष किशोर बगालेले नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले बढाएको दुधको मूल्य किसानले पाउने गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । चितवनका सम्पूर्ण दुग्ध सहकारीमा मुल्यमा एकरुपता कायम गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘चितवनका सम्पूर्ण दुग्ध सहकारीमा मुल्यमा एकरुपता कायम नभएका कारण यो समस्या पर्न गएको हो, यस्को समस्या चाडै समाधान हुन्छ ।’
विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थमा रोक लगाउनु पर्ने भन्दै आफ्नै देशमा दुध उत्पादन गर्नुपर्नेमा जोड दिए । विदेशबाट आयात हुँदै आएको दुग्ध पदार्थलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर गर्न जरुरी रहेको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय दुग्ध उत्पादन सहकारी संघ नेपालका कोषाध्यक्ष बालकृष्ण उप्रेतिले किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको बताए । बढेको दुधको मूल्य किसानले पाउनुपर्ने विषयमा राज्यको ध्यानाकर्षण गराउने उनले बताए ।
दुग्ध उत्पादक संस्थाका अध्यक्ष बगालेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका सदस्य डिल्ली प्रसाद थपलिया, चितवन जिल्ला दुग्ध उत्पादक संस्थाका निवर्तमान अध्यक्ष रत्नमणी न्यौंपाने, दुग्ध विकास संस्थान (डिडिसी) का जेम सञ्जीव झा, एन. डि. ए का निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, डि. आई. ए का अध्यक्ष राजकुमार दाहाल लगाएतले मन्तव्य राखेका थिए ।
संस्थाका सचिव कल्याण अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिंह ओलीले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker