राष्ट्रिय युवा संघ रत्ननगरको अध्यक्षमा पन्त

रत्ननगर । राष्ट्रिय युवा संघ रत्ननगर नगर कमिटीको अध्यक्षमा सन्देश पन्त चयन भएका छन् । शनिवार सम्पन्न सातौं नगर अधिवेशनले पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

४७ सदस्यीय कमिटीको उपाध्यक्षमा विबेक अम्गाई, सचिवमा बाबुराम परियार, सहसचिवमा सरु शर्मा र रोशन गुरुङ तथा कोषाध्यक्षमा उषा रानामगर चयन भएका छन् । बन्दसत्रमा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष शंकर अधिकारीले निर्विरोध निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए ।

निर्वाचित कमिटीलाई शनिबार नै एमालेका जिल्ला कमिटीका सदस्य तथा युवा फाँट प्रमुख प्रताप डल्लाकोटीले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । नगर अधिबेशनको बागमती प्रदेशका पूर्व मन्त्री तथा एमालेका प्रदेश सचिवालय सदस्य दावादोर्जे लामाले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले एमालेलाई पुरानै अबस्थामा फर्काउन मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताए । विभाजित पछि कमजोर जस्तो देखिएको एमालेलाई पुरानै अबस्थामा फर्काउन अभियान सञ्चालन गरेको भन्दै उनले जनताको घरदैलोमा पुगेर पार्टीको शक्ति स्थापित गर्ने गरि अभियान अगाडि बढेको बताए । एमालेलाई सिध्याउन चौतर्फी घेराबन्दी गरिएको भन्दै उनले एमाले जनताको प्यारो पार्टी भएका कारण विपक्षीको सपना कहिल्यै पूर नहुने बताए ।

एमाले राष्ट्रिय स्वाधिनताको लागि लडेको र लडिरहने पार्टी रहेको भन्दै एमाले नेता लामाले जनताले एमालेलाई फेरि काँखी च्याप्ने बताए । पार्टी भित्र गुठको अन्त्य भईसकेको भन्दै नेता लामाले पार्टी भित्र अब सस्थापन पक्ष मात्र रहेको उल्लेख गरे । नेता लामाले मुलुक धान्ने अभिभारा अब युवाको काँधमा आएको बताए । उनले राष्ट्रिय स्वाधिनता र एकताका लागि पार्टीमा युवाहरु अघि सर्ने बेला आएको बताए ।

नगर अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य श्यामलाल विक, एमालेका जिल्ला कमिटी सदस्य केशब आचार्य, पार्टीका जिल्ला उपाध्यक्ष कमलराज पाठक,नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शुशील केसी, अनेमसंघ जिल्ला अध्यक्ष विमला दुवाडी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका केसी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सागर मिश्र,राष्ट्रिय युवा संघका प्रदेश कमिटी सदस्य तथा नगर इन्चाजै कृष्ण श्रेष्ठ,वडाध्यक्षहरु श्यामकुमार श्रेष्ठ,आशिक तामाङ लगायतको सहभागिता रहेको थियो । बाबुराम परियारले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला कमिटी सदस्य बसन्त रानाले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker