लायन्स क्लब अफ सौराहा वाइल्डलाइफको अध्यक्षमा गिरी

रत्ननगर , चैत ११ ।
लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटीको अध्यक्षमा गोकर्ण गिरी चयन भएका छन् । शनिवार सौराहामा सम्पन्न आठौं बार्षिक साधारण तथा अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो । अधिवेशनले क्लबको प्रथम उपाध्यक्षमा रमेश चन्द्र रेग्मी, द्वितिय उपाध्यक्षमा अमृत पौडेल , तृतिय उपाध्यक्षमा सृजना पोख्रेल , सचिवमा रमेश रेग्मी , कोषाध्यक्षमा हरिकृष्ण रेग्मी , सह कोषाध्यक्षमा ईश्वरी प्रसाद कट्टेल चयन गरेको छ । क्लबको टेल ट्वीस्टरमा गायत्री पाठक , मेम्बर ग्रोथ अफिसरमा जगन्नाथ रिमाल , निर्देशकमा दिपक मरहठ्ठा , भिमलाल आचार्य , संजय ढुङ्‌गाना , बबीता चौधरी र प्रो लायनमा गिता गौतम चयन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथीमा क्लबका डेपुटी चिफ सुवास चन्द्र गौतम रहेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker