कराँते प्रशिक्षणका लागि देशभरका हजार बढी प्रशिक्षक साैराहामा

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा देशभरका एक हजार कराँते प्रशिक्षकहरु साैराहामा भेला भएका छन् । राष्ट्रिय स्तरकाे कराँते प्रशिक्षणका लागि हजार बढी प्रशिक्षक साैराहामा भेला भएकाे व्यवस्थापनमा खटिएका कराँतेका प्रशिक्षक सुजन नेपालले जानकारी दिए ।

नेपाल कराँते महासंघकाे साताै प्रशिक्षक प्रशिक्षण तथा मास्टर मिट कार्यक्रम साैराहा स्थित बाधमारा चाैरमा सुरु भएकाे हाे । भरतपुरकाे पटिहानीमा उद्घाटन भएकाे अाैपचारिक कार्यक्रम पछि साैराहामा प्रशिक्षण र आवास व्यवस्थापन गरिएकाे छ । विश्व कराँते महासंघले लागू गरेकाे नयाँ नियम र त्यसकाे व्यवहारिक पक्षका बारेका प्रशिक्षण दिईने नेपाल कराँते महासंघ बागमती प्रदेश समितिका अध्यक्ष गगन लामाले जानकारी दिए ।

तीन दिन सम्म चल्ने साे प्रशिक्षणमा सिताेरियाे कराँते संघका मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठ र कराँते महासंघका प्रमुख प्रशिक्षक तुलसी कुमार महर्जनले प्रशिक्षण दिनेछन् । एक हजार बढी प्रशिक्षकहरु साैराहामा भेला भएपछि यहाकाे पर्यटन विकासमा टेवा पुग्ने भन्दै व्यवसायी उत्साहित भएका छन् । आयाेजकले ३२५ वटा रुम बुकिङ गरिएकाे सुजन नेपालले जानकारी दिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker