जुत्ता मेलामा ग्राहकको भिड, थप नया मोर्डल भित्राईदै

रामु आचार्य
११ चैत, भरतपुर ।
चितवनमा जारी जुत्ता चप्पल मेलामा आज बिहानै देखि ग्राहकको भिड लागेको छ । बिदाको दिन समेत परेका कारण स-परिवार मेलामा उपस्थित हुनेहरुको संख्या धेरै देखिथ्यो । आफुलाई मन परेको जुत्ता चप्पल किन्दै हर्षित मुद्रामामा झोला बोक्दै निस्किएका ग्राहकहरुको लस्करको दृश्य वास्तवमै मनमोहक देखिएको थियो । स्वदेशमै उत्पादन भएका गुणस्तरीय जुत्ता पाईन्छ रे भन्ने सुनेपछि आफु स-परीवारनै मेलामा आएको बताउदै हुनुहुन्थ्यो रत्ननगरका एक ग्राहक निरन्जन आचार्य । उंहाले थप्नुभो “नेपाली जुत्ता वास्तवमै राम्रो छ, आरामदायी छ, साथमा मेलाले सुपथ मुल्यमा उपलव्ध गराएको कारण पनि चितवनवासी एकपटक मेलामा आउनु भो भने निरास हुनुपर्दैन” ।

भरतपुर महानगरपालिकाको नेपाल टेलिकमको अगाडि रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भैरहेको जुत्तामेलालाई आगन्तुक ग्राहकहरुले अत्याधिक रुचाएको आयोजक संस्था मध्यको एक केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतो बताउनुहुन्छ । अधिकांस ग्राहकहरु स्वयम् जुत्ताको विषयमा जानकार भएको कारण पनि नेपाली जुत्ताको माग अत्याधिक रहेको महतोले जानकारी दिनुभयो ।

मेलामा बिएफ डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ यी दस ब्राण्डको १२ सय बढी मोडलका जुत्ताहरु उपलव्ध छन् । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको छ ।
मेलाको अन्तिम समय नजिकिदै गर्दा ग्राहकको सुविधालाई ध्यानमा राख्दै थप नया मोर्डल लन्च साथै थप छुटको योजना बनाउन आफ्नो टिम लागिपरिरहेको आयोजक संस्था मध्यको एक विएफ़ डियर हिलका संचालक सुजन उपाध्यायले जानकारी दिनुभयो ।

सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर आफुहरुले प्रदान गरेकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वित भएको आयोजकको दावी छ । मेला आगामी चैत १७ गते सम्म चल्ने छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker