एमालेलाई पुरानै अबस्थामा फर्काउन मिसन ग्रासरुट

रत्ननगर । बागमती प्रदेशका पूर्व मन्त्री तथा एमालेका प्रदेश सचिवालय सदस्य दावादाेर्जे लामाले एमालेलाई पुरानै अबस्थामा फर्काउन मिसन ग्रासरुट अभियान सञ्चालन गरेकाे बताएका छन् ।

राष्ट्रिय युवा संघ रत्ननगर नगर कमिटीकाे साताै नगर अधिवेशनलाई सम्बाेधन गर्दै उनले विभाजित पछि कमजाेर जस्ताे देखिएकाे एमालेलाई पुरानै अबस्थामा फर्काउन अभियान सञ्चालन गरेकाे बताए ।

उनले जनताकाे घरदैलाेमा पुगेर पार्टीकाे शक्ति स्थापित गर्ने गरि अभियान अगाडि बढेकाे उनकाे भनाई छ । एमालेलाई सिध्याउन चाैतर्फी घेराबन्दी गरिएकाे भन्दै उनले एमाले जनताकाे प्याराे पार्टी भएका कारण विपक्षीकाे सपना कहिल्यै पूर नहुने बताए ।

एमाले राष्ट्रिय स्वाधिनताकाे लागि लडेकाे र लडिरहने पार्टी रहेकाे भन्दै एमाले नेता लामाले जनताले एमालेलाई फेरि काँखी च्याप्ने बताए । पार्टी भित्र गुठकाे अन्त्य भईसकेकाे भन्दै नेता लामाले पार्टी भित्र अब सस्थापन पक्ष मात्र रहेकाे उल्लेख गरे ।

नेता लामाले मुलुक धान्ने अभिभारा अब युवाकाे काँधमा आएकाे बताए । उनले राष्ट्रिय स्वाधिनता र एकताका लागि पार्टीमा युवाहरु अघि सर्ने बेला आएकाे बताए । अधिवेशनकाे उद्घाटन सत्र नगर अध्यक्ष रामप्रसाद पाण्डेेकाे अध्षक्षतामा भएकाे थियाे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker