इच्छाकामनाका एकल चेपाङ महिलालाई बाख्रा वितरण

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिकाका एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले एकल महिला सशक्तिकरण परियोजना अन्तर्गत वडा नं १ का १५ जना महिलालाई जनही ४ वटाका दरले बाख्रा वितरण गरेको हो । सो वडाका २१ जना एकल महिलाको पहिचान गरी दीगो आयआर्जनका लागि बाख्रा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सोमबार १५ जनालाई बाख्रा वितरण गरिएको र बाँकी छ जनालाई केही दिनपछि वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवन स्तर उकास्न आयमुलक कार्यक्रम ल्याइएको गिरीले बताए । त्यसैगरी इम्प्याक्टले सोही वडाका एकजना एकल पुरुषलाई फलफुल खेतीका लागि सहयोग गर्ने भएको छ । उनलाई सुरुमा सिंचाईको लागि पाइप दिने र आवश्यक अन्य सहयोग गरिने छ । अर्की एकजना एकल महिलालाई किराना पसल सञ्चालनको लागि आवश्यक सामाग्री सहयोग गरिने इम्प्याक्टका अध्यक्ष गिरीले बताए । सो वडाको कोलभन्ज्याङमा आयोजित एक औपचारिक कार्यक्रमका बीच इम्प्याक्टका अध्यक्ष गिरी,कार्यक्रम निर्देशक सुजन बस्नेत र वडाध्यक्ष सन्तबहादुर रानामगरले महिलाहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker